२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग २ः नेपालले पपुवा न्युगिनीको सामना गर्दै



अ+ अ-

काठमाडौं । ‘आईसीसी क्रिकेट विश्वकप लिग टु’को एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज (बुधबार) पपुवा न्युगिनीविरुद्ध खेल्दैछ । युएईको सारजाह क्रिकेट मैदानमा नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा नेपालले पीएनजीको सामना गर्दैछ । नेपालले यस अघि पीएनजीविरुद्ध दुई एकदिवसीय खेल खेल्दै दुबै खेलमा नेपालले जित निकालेको हुनाले नेपाल उच्च मनोबलसहित मैदानमा उत्रनेछ ।

नेपालले करिब ६ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । लिग टु मा नेपाल ८ खेलमा ८ अंक सहित छैटौं स्थानमा रहेको छ । अंक विहीन पीएनजी १३ खेल खेल्दै पुछारमा रहेको छ । लिग टु अन्तर्गत ७ टिमको सहभागिता रहेको छ ।