२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

२४ वर्षपछि फर्किएको ‘ग्लेडिएटर २’को ट्रेलर सार्वजनिक



अ+ अ-

एजेन्सी । सन् २००० मा काल्पनिक विधाको हलिउड फिल्म ‘ग्लेडिएटर’ ठूलो पर्दामा रिलिज भएको थियो ।

निर्देशक रिडले स्कटको यो फिल्ममा तत्कालीन सुपरस्टार रसेल क्रोले आफ्नो दमदार अभिनयले सबैको मन जिते र ग्लेडिएटर आफ्नो अद्भुत कथाको आधारमा सफल साबित भयो ।

लामो समयदेखि यो चलचित्रको सिक्वेलको चर्चा चलिरहेको थियो र अहिले ‘ग्लेडिएटर २’ को पछिल्लो ट्रेलरले यो चर्चा झनै बढाएको छ ।

फिल्मको स्टार कास्ट पहिलो भागको तुलनामा पूर्ण रूपमा परिवर्तन भएको छ ।

एक ऐतिहासिक महाकाव्य नाटकमा आधारित चलचित्र ग्लेडिएटर २ को शानदार ट्रेलर सार्वजनिक भएको छ । यस ट्रेलरमा २४ वर्षपछि आएको ग्लेडिएटरको कथालाई नयाँ ढंगले अगाडि बढाइएको देख्न सकिन्छ, जसमा रोमन सेनाका शासक र एक कैदीबीचको रक्तपातपूर्ण द्वन्द्व देखाइएको छ ।

हलिउड अभिनेता पल मेस्कल ग्लेडिएटरको रूपमा आफ्नो क्षमता प्रमाणित गर्दै छन् । उनीहरु बाहेक ग्लेडिएटर २ मा सुपरस्टार पेड्रो पास्कल, डेनजेल वाशिङटन, कोनी निल्सन, डिमोन हाउन्साउ र जोसेफ क्विन जस्ता कलाकारहरु महत्वपूर्ण भूमिकामा देखिएका छन् । ग्लेडिएटरको यो सिक्वेल पनि रिडले स्कटले नै निर्देशन गरेका हुन् ।

यो ट्रेलर हेरेपछि, ग्लेडिएटर पार्ट २ को लागि फ्यानहरुको उत्साह धेरै बढेको छ र सबै यसको रिलिजको लागि उत्सुक छन् । यो चलचित्र २२ नोभेम्बर २०२४ मा विश्वभरका थिएटरहरूमा रिलिज हुनेछ ।