२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्सलाई हराउँदै स्पेन युरो कपको फाइनलमा



अ+ अ-

काठमाडौं । स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

केहिबेरअघि सप्पन्न खेलमा फ्रान्सलाई २-१ गोलले हराउँदै स्पेन उपाधि नजिक पुगेको हो ।

तिनै गोल पहिलो हाफमा भएको थियो । खेलको आठौँ मिनेटमा कोलो मोउनीले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर २१ औं मिनेटमा लामिने यामलले र २५ औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई जित दिलाए ।

स्पेनले अब उपाधिका लागि नेदरल्यान्ड्स र ईंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछ ।