२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

विदेशबाट आउनेलाई १० दिन अनिवार्य क्वारेन्टाइन

विदेशबाट आउनेलाई १० दिन अनिवार्य क्वारेन्टाइन
अ अ+ अ-

काठमाडौं । संयुक्त अधिराज्यमा नयाँ प्रकारको भाइरसको प्रकोप फैलिइरहेका बेला नेपाल आएका यात्रुलाई अनिवार्यरुपमा होटल क्वारेन्टाइनमा बस्न सरकारले निर्देशन दिएको छ । सो नयाँ भाइरस नियन्त्रण तथा रोकथामका लागि नेपालले विदेशबाट आउने सबैलाई १० दिन होटल बसी कोरोना परीक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना नै जारी गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार जारी गर्नुभएको सूचनामा पुस १ देखि ७ गतेसम्म संयुक्त अधिराज्यबाट नेपाल आएका र सोही बाटो हुँदै नेपाल आएका सम्पूर्ण यात्रुलाई १० दिन क्वारेन्टाइनमा बस्न अनिवार्य भएको उल्लेख गर्नुभएको छ ।

संयुक्त अधिराज्यमा फैलिएको नयाँ रोग नेपालमा नफैलियोस् भन्ने हेतुले संक्रमण फैलिएको मुलुकबाट फर्कने सबैलाई ७ देखि १० दिनभित्र पीसीआर परीक्षणका लागि निःशुल्क व्यवस्था मिलाइएको पनि सूचनामा उल्लेख गरिएको छ । डा. गौतमले सरकारी प्रयोगशालामा गएर निःशुल्क परीक्षण गर्न सकिनेसमेत उल्लेख गर्नुभएको छ । एक वर्षदेखि फैलिएको कोरोना भाइरसले विश्वमा नै त्रास सिर्जना गरिरहेका बेला पुनः नयाँ भाइरसले यति बेला विश्वलाई सोच्न बाध्य बनाएको छ । नेपालले पनि कोरोनाबाट पाठ सिकेकै कारण यो जुनसुकै बेला जहाँसुकै फैलन सक्ने माध्यम भनेको विदेशको यात्रा भएको पहिचान गरी बुधबारदेखि उच्च सतर्कता अपनाउनका संयुक्त अधिराज्यबाट र सोही स्थान हुँदै आउने सबै उडान बन्द गरेको छ ।

इटालीमा पनि कोरोना भाइरसको नयाँ स्ट्रेन फेला परेको छ । इटालीका स्वास्थ्यमन्त्रीले बेलायतमा नयाँ स्ट्रेनको बिरामी भेटिएको र यो हालै बेलायतमा फेला परेको भाइरस रहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार, नयाँ कोरोना भाइरस देखिएका बिरामी केही दिनअघि मात्रै बेलायतबाट इटाली आउनुभएको थियो । धेरै युरोपियन देश तथा कुवेतलगायतका देशहरुले बेलायतबाट हुने उडानमा रोक लगाएका छन् ।

बेलायतमा नयाँ स्ट्रेनको कोरोना भाइरस देखिएपछि टर्कीले बेलायत, नेदरल्यान्ड, डेनमार्क र दक्षिण अफ्रिकाबाट हुने उडानमा रोक लगाएको छ । इरानले पनि २ हप्ताका लागि बेलायतबाट हुने उडान बन्द गरेको छ । फ्रान्सले पनि ४८ घण्टाका लागि बेलायतबाट हुने उडान रद्द गरेको छ । साथै, जर्मनी, बेल्जियम, अस्ट्रियाले पनि बेलायतबाट हुने यात्रामा रोक लगाएका छन् । ‘नयाँ कोरोना भाइरस अनियन्त्रित छ।’ –बेलायती स्वास्थ्य सचिव माट हन्ककले बताउनुभएको छ । विश्वभर ७ करोड ६० लाख मानिस कोरोना संक्रमित भइसकेका छन् भने १७ लाख संक्रमितको मृत्यु भएको छ । नेपाल साचारपत्र दैनिक