७ पुष २०८२, सोमबार
,
Latest
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट आउनेलाई १० दिन अनिवार्य क्वारेन्टाइन



अ+ अ-

काठमाडौं । संयुक्त अधिराज्यमा नयाँ प्रकारको भाइरसको प्रकोप फैलिइरहेका बेला नेपाल आएका यात्रुलाई अनिवार्यरुपमा होटल क्वारेन्टाइनमा बस्न सरकारले निर्देशन दिएको छ । सो नयाँ भाइरस नियन्त्रण तथा रोकथामका लागि नेपालले विदेशबाट आउने सबैलाई १० दिन होटल बसी कोरोना परीक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना नै जारी गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार जारी गर्नुभएको सूचनामा पुस १ देखि ७ गतेसम्म संयुक्त अधिराज्यबाट नेपाल आएका र सोही बाटो हुँदै नेपाल आएका सम्पूर्ण यात्रुलाई १० दिन क्वारेन्टाइनमा बस्न अनिवार्य भएको उल्लेख गर्नुभएको छ ।

संयुक्त अधिराज्यमा फैलिएको नयाँ रोग नेपालमा नफैलियोस् भन्ने हेतुले संक्रमण फैलिएको मुलुकबाट फर्कने सबैलाई ७ देखि १० दिनभित्र पीसीआर परीक्षणका लागि निःशुल्क व्यवस्था मिलाइएको पनि सूचनामा उल्लेख गरिएको छ । डा. गौतमले सरकारी प्रयोगशालामा गएर निःशुल्क परीक्षण गर्न सकिनेसमेत उल्लेख गर्नुभएको छ । एक वर्षदेखि फैलिएको कोरोना भाइरसले विश्वमा नै त्रास सिर्जना गरिरहेका बेला पुनः नयाँ भाइरसले यति बेला विश्वलाई सोच्न बाध्य बनाएको छ । नेपालले पनि कोरोनाबाट पाठ सिकेकै कारण यो जुनसुकै बेला जहाँसुकै फैलन सक्ने माध्यम भनेको विदेशको यात्रा भएको पहिचान गरी बुधबारदेखि उच्च सतर्कता अपनाउनका संयुक्त अधिराज्यबाट र सोही स्थान हुँदै आउने सबै उडान बन्द गरेको छ ।

इटालीमा पनि कोरोना भाइरसको नयाँ स्ट्रेन फेला परेको छ । इटालीका स्वास्थ्यमन्त्रीले बेलायतमा नयाँ स्ट्रेनको बिरामी भेटिएको र यो हालै बेलायतमा फेला परेको भाइरस रहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार, नयाँ कोरोना भाइरस देखिएका बिरामी केही दिनअघि मात्रै बेलायतबाट इटाली आउनुभएको थियो । धेरै युरोपियन देश तथा कुवेतलगायतका देशहरुले बेलायतबाट हुने उडानमा रोक लगाएका छन् ।

बेलायतमा नयाँ स्ट्रेनको कोरोना भाइरस देखिएपछि टर्कीले बेलायत, नेदरल्यान्ड, डेनमार्क र दक्षिण अफ्रिकाबाट हुने उडानमा रोक लगाएको छ । इरानले पनि २ हप्ताका लागि बेलायतबाट हुने उडान बन्द गरेको छ । फ्रान्सले पनि ४८ घण्टाका लागि बेलायतबाट हुने उडान रद्द गरेको छ । साथै, जर्मनी, बेल्जियम, अस्ट्रियाले पनि बेलायतबाट हुने यात्रामा रोक लगाएका छन् । ‘नयाँ कोरोना भाइरस अनियन्त्रित छ।’ –बेलायती स्वास्थ्य सचिव माट हन्ककले बताउनुभएको छ । विश्वभर ७ करोड ६० लाख मानिस कोरोना संक्रमित भइसकेका छन् भने १७ लाख संक्रमितको मृत्यु भएको छ । नेपाल साचारपत्र दैनिक