३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 21.02

Wind: 1.03

Humidity: 60

Latest
शान्ति प्रक्रियालाई टुङ्ग्याउन संवेदनशील भएर जिम्मेवारी पूरा गरौँ हनुमानलाई ३१ किलोको लड्डु राप्रपा अध्यक्ष लिङ्देनद्वारा स्वर्गीय पत्रकार सुरेशको परिवारसँग भेट, परिवारद्वारा शहीद घोषणा र न्यायिक छानबिनको माग कटारीमा निर्माणाधीन पुल बाढीले भत्कायो बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा करेन्ट लागेर एकजनाको मृत्यु लोकप्रियतावादका नाममा भइरहेका गलत क्रियाकलापप्रति सचेत हुनुपर्छः महासचिव पोखरेल वीरगञ्जमा कर्फ्यु जारी समाजवादी प्रेस सङ्गठनद्वारा स्व पत्रिकार रजकको परिवारलाई आर्थिक सहयोग बबरमहलमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ छैन: मन्त्री बस्नेत



अ+ अ-

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ नरहेको बताउनुभएको छ ।

मंगलवार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नयाँ समीकरणको कुरा आइरहेको भएपनि यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ नभएको बताउनु भयो । उहाँले नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्नु रहेको आरोप लगाउनु भयो । उहाँले संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने कुरामा आफूहरु लागेको बताउनु भयो । उहाँले मुलुकका दुई ठूला दल संविधानलाई दोष देखाएर जनताको अधिकार सिमित गर्ने प्रयासमा लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले जुन नयाँ समीकरणको कुरा आइरहेको छ, यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ छैन । यो सोचको कुरा हो, दृष्टिकोणको कुरा हो । यो नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्ने उहाँहरुले नै सार्वजनिक गरिसक्नुभएको छ । बरु अब प्रश्न, संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने हो । उहाँहरुले मुलुकलाई ध्रुविकरणको दिशातिर लैजान खोजिरहनुभएको छ । यो अवस्थामा माओवादीले गम्भीरताका साथ लिनुपर्छ । प्रश्न देशको आर्थिक विकास, र समृद्धिको दिशामा लैजाने हो । मुलुकका दुई ठूला दलले संविधानलाई दोष देखिरहनुभएको छ । उहाँहरु जनताको अधिकार सिमित गर्ने बाटोमा हिँडिरहनुभएको छ ।’

मन्त्री बस्नेतले कुन पार्टी सरकार छ र छैन भन्नेकुरा गौण विषय रहेको बताउनु भयो ।