५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या तत्काल समाधान गर्नुपर्छः सांसद खान



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका सांसद एवं पूर्वमन्त्री अब्दुल खानले शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।

संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने उहाँले बताउनुभएको हो । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद खानले स्वास्थ्य क्षेत्रमा आवश्यक दरबन्दीको तत्काल व्यवस्था गर्न र स्वास्थ्य सामग्री खरिद र वितरण प्रणाली पारदर्शी बनाउन पनि सरकारलाई दबाब दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हाम्रो मुलुकम कम्तिमा पनि ६३ हजार २६० जना स्वास्थ्य क्षेत्रमा कर्मचारी आवश्यक छ । तर ३० हजार मात्रै दरबन्दी छ । २०४८ सालदेखि अहिलेसम्म दरबन्दी खोलिएको छैन । स्वास्थ्य मन्त्रालयलाई यस विषयमा ध्यानाकर्षण गराउन चाहन्छु । उपकरण खरिद तथा वितरण प्रणालीलाई पारदर्शी बनाउन, थन्किएर बसेका उपकरणहरुलाई चाहिएको ठाउँमा पु¥याउन आवश्यक रहेको छ । सभामुखज्यु, प्रत्येक नागरिकलाई रोजगारीको हक छ भन्नेकुरा संविधानको धारा ३३ ले ग्यारेन्टी गरेको छ । दैनिक २ हजार नेपालीले राजगारीका लागि देश छाडने गरेका छन् । तसर्थ संविधानले मौलिक हकको रुपमा ग्यारेन्टी गरेको शिक्षा, स्वास्थ्य र रोजगारीको समस्यालाई समाधान गर्न सम्माननीय सभामुखज्यूमार्फत नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउँछु ।’

सांसद खानले २०४८ सालदेखि स्वास्थ्य दरबन्दी नखुलाइएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गर्नुभयो ।