२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले–माओवादी समिकरण किन भत्कियो ओलीले जवाफ दिनुपर्छः सांसद दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले एमाले–माओवादी केन्द्रको समिकरण भत्किनुका कारणबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जवाफ माग गर्नुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीकै प्रश्तावमा एमाले–माओवादी केन्द्रको समिकरण बनेको भएपनि बिना कारण समिकरण भत्काइएको बताउनुभएको हो ।

उहाँले समिकरण शुरु गर्नुको उद्देश्य र भत्काउनुको कारणका बारेमा ओलीले प्रष्ट पार्नुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको कार्यभार पूरा गरिरहेको अवस्थामा समिकरण तोड्नुको कारण के हो भनि प्रश्न गर्नुभयो । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नर्गनाले वा बेचन झा र प्रतिक थापालाई पक्राउ गर्नाले समिकरण भत्काएको हो भनेर उहाँले प्रश्न गर्नुभयो । चुनावी घोषणापत्रमा संविधान संशोधनको मुद्दा राखेको भएमात्रै संविधान संशोधन गर्न पाउने भन्दै सांसद दाहालले जनतालाई नझुक्याउन चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘प्रश्न गर्नुपर्छ, केपी ओलीलाई । यहाँले जुन उद्देश्यसहित सहकार्य शुरु गर्नुभयो । अहिले कुन उद्देश्यसँग केन्द्रीत भएर यो सहकार्य तोड्नुभयो ? जुन उद्देश्यसहित केन्द्रीत रहेर सत्ता सहकार्य शुरु ग¥यौँ, जतिबेला हामीले सत्ता सहकार्य शुरु गरेका थियौँ प्रचण्डले लिनुभएको सुशासन, समृद्धि र सामाजिक न्यायको केन्द्रीय कार्यभार पूरा गर्ने सङ्कल्प पछि हटेको थिएन । उहाँलाई थाहा थियो । पछिल्लो समय के कारणले हामी बिचको समिकरण तोडियो ? यो त जवाफ दिनैपर्छ । के कारणले सहकार्य शुरु ग¥यौँ ? र के कारणले हाम्रा समिकरण भत्किए ? चार महिनाको बिचमा प्रधानमन्त्रीको तर्फबाट के गर्नुपथ्र्यो र के गर्नु भएन ? भन्ने विषयमा पनि यहाँले जवाफ दिनैपर्छ । के धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्न सकिएन त्यसकारण सहकार्य टुट्यो ? भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै जाने क्रममा बेचन झा र प्रतिक थापाको गिरफ्तारी भयो । त्यही कारणले सहकार्य टुट्यो ? जवाफ त दिनैपर्छ । संविधान संशोधनसँग जोडिएर सहमती भएको विषयवस्तु उठेका छन्, संविधान संशोधन त्यतिबेला गर्न पाउनुहुन्छ, जतिबेला तपाईहरुले निर्वाचनमा चुनावी घोषणापत्रमा संविधान संशोधनका मुद्दा राख्नुपथ्र्यो । जनतालाई झुक्याउने ?’

सांसद दाहालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको लागि संविधान संशोधन गर्न सकिने बताउनु भयो । उहाँले काँग्रेस र एमालेका बीचमा भएको भनिएको सहमतिलाई बदनियतपूर्ण र प्रतिगामी सहमती भएको टिप्पणी गर्नुभयो ।