५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद्बाट भएको क्षति विवरण संसदलाई जानकारी गराउन प्रमुख सचेतक लेखकको माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले अविरल वर्षाको कारण भएको क्षतिको विवरण संसदमा जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक लेखकले सरकारले संसदमा आएर देशभरमा अविरल वर्षाका कारण भएको क्षतिको विवरण प्रश्तुत गर्न माग गर्नुभएको हो । उहाँले वर्षाले देशभर धेरै क्षति पु¥याइसकेको भएपनि हालसम्म सरकारले संसदलाई जानकारी नगराउनु दुःखको विषय भएको बताउनु भयो । उहाँले संसद बैठकमा प्रधानमन्त्री तथा मन्त्रीहरु उत्तरदायी नभएका भन्दै सरकारमा रहुन्जेल संसद बैठकमा उपस्थित हुनुपर्ने बताउनु भयो । उहाँले विपद्प्रति सरकारको ध्यान आकृष्ट गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘तथ्यांकहरु पत्रिकामा पढेर मैले यहाँ जानकारी गराउनु परेको छ । कमसेकम सरकारले सदनमा आएर देशभरीमा अविरल वर्षाका कारणले, बाढी, पहिरो, डुबानका कारणले कति हताहत भयो ? कति मानिसको ज्यान गयो ? कति घाइते भए ? कति बिस्थापित छन् ? घाइतेहरुको उपचारको स्थिति के छ ? विस्थापितहरुलाई पुर्नस्थापित कसरी गर्ने भन्ने बारेमा सम्म सरकारले जानकारी गराएको छैन । यो दुःखको विषय हो । प्रधामन्त्री, मन्त्रीज्यूहरुको उपस्थिति संसदमा भइराखेको छैन । सरकारले विश्वासको मत लिन संविधान अनुसार पाउनुपर्ने समय पाउनुपर्छ भन्ने कुरा उठेको छ त्यसमा केही दुविधा छैन । सरकारले पूरै तीस दिन लेओस् । त्यसमा आपत्ति छैन । तर सरकार हुँदासम्म त सदनका प्रति उत्तरदायी भइदिनुप¥यो । आइदिनुप¥यो । स्थिति के छ भनिदिनु प¥यो । सरकारले अहिले अविरल वर्षाका कारणले बाढी, पहिरो र डुबानले जुन समस्या उत्पन्न भएको छ । यसका बारेमा सदनमा जानकारी गराइदेओस् । यसतर्फ सरकारको विशेष ढंगले ध्यान आकृष्ट होस् र सरकारले द्रुत गतिमा काम गरोस् ।’

नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले कञ्चनपुर जिल्लामा बाढी पहिरोले धेरै क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले विपद् व्यवस्थापनका लागि संघीय सरकारले ध्यान दिनु जरुरी रहेको बताउनु भयो । उहाँले स्थानीय तह र विभिन्न संघ, संस्थाहरुले मात्रै विपद् प्रतिकार्य गर्न नसक्ने बताउनु भयो ।

त्यसैगरी आकस्मिक समयमा बोल्दै नेकपा(माओवादी केन्द्र)की सचेतक रुपा सोसी चौधरीले विपद्मा प्रभावित परिवारलाई पुनःस्थापना गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा डुबान नहुने गरी संरचना बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पनि कञ्चनपुर र कैलाली जिल्लामा ठूला नदीका कारण वर्षेनी डुबान भइरहेको भन्दै दीर्घकालिन व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो ।