१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाजियोमाथिको जितसंगै मिलान अंक तालिकाको शीर्ष स्थानमा कायमै



अ+ अ-

मिलान । बुधबार इटालीको 'सिरी ए' मा  एसी मिलानले लाजियोलाई ३–२ ले हराएको छ । जितसँगै मिलान अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । इन्ज्युरी समयमा हर्नान्डेजले गरेको निर्णायक गोलमा एसी मिलानले जित हाँसिल गरेको हो । 

मिलानले दुई गोलको अग्रता लिएयता भ्रमणकारी लाजियोले दुई गोल फर्काएको हो । यो जितपछि मिलानको ३४ अंक भएको छ र यो शीर्ष स्थानमा छिमेकी तथा दोस्रो स्थानमा रहेको इन्टर मिलानमाथि एक अंकको अग्रता हो ।

इन्टरले बुधबारको अर्को खेलमा हेलास भेरोनालाई २–१ ले हरायो । एएस रोमा २७ अंकसहित तेस्रो स्थानमा छ र उसले कागलिरीलाई ३–२ ले पराजित गर्‍यो ।