१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड

ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह (भिडियो सहित)

ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड–१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ  ।

सोमवार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले ओमिक्रोन भाइरस जतिधेरै फैलिन्छ उति नै नयाँ भेरियन्ट बन्ने जोखिम रहेको बताउनुभयो । ओमिक्रोनबाट उत्परिवर्तन भएर आउनसक्ने भेरियन्ट ओमिक्रोन भन्दा घातक जटिल प्रकृतिको पनि हुन सक्ने आवस्था रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गर्नुभयो ।  डा. पौडेलले भाइरसमा छिटो छिटो उत्परिवर्तन अथवा आनुवांशिक परिवर्तन हुने भएकोले ओमिक्रोन कमजोर भयो डेल्टा भेरियन्टलाई बिस्थापित गर्यो भनेर ढुक्क हुन नसकिने बताउनु भयो । विश्वव्यापी रुपमा अध्ययन गर्दा कोभिड–१९ को महामारी यतिमै सिमित रहने तथ्य स्पष्ट भइनसकेको उहाँले बताउनुभयो । अर्को भेरियन्ट यो भन्दा कडा आएमा मात्र ओमिक्रोन विस्थापित हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘विश्वव्यापी तथ्यांकहरुले ओमिक्रोन एकदमै छिटो विगत दुई महिनाको अवधिमा संसारका अधिकांश मुलुकमा फैलिएको र डेल्टालाई विस्थापन गरेको भन्ने जुन तथ्य छ । त्यो सँगसँगै हामीले के बुझ्नुपर्छ भने ओमिक्रोनको नाममा डेल्टालाई विस्थापन गरेपनि यो भाइरस जति धेरै फैलिन्छ, जतिधेरै स्थानमा, धेरै व्यक्तिहरुमा पुग्छ, नयाँ भेरियन्ट बनाउने जोखिम कायमै छ । जस्तो डेनमार्कको पछिल्लो अध्ययन हामीले हे¥यौँ भने यसको पनि सबलिनियज विकास भइसकेको भन्ने छ । किनभने भाइरस निरन्तर विकास भइराख्ने हुने हो । आफ्नो सर्भाइभलको लागि यसले आफ्नो उत्परिवर्तन अथवा आनुवांशिक परिवर्तन गर्छ । त्यो हिसाबले ओमिक्रोन भन्दा पछि आउने भेरियन्ट दुईवटा प्रकारका हुनसक्छन् । एउटा यो भन्दा जटिल हुनसक्छ । कडा हुनसक्छ । अथवा यो भन्दा कमजोर हुनसक्छ ।

कमजोर हुँदै गयो भने त हामीले सोच्या जस्तै भयो । तर अहिलेकै अवस्थामा कसैले पनि ग्यारेन्टी साथ यो पछि आउने भेरियन्ट यो भन्दा कमजोर नै आउँछ भन्ने ग्यारेन्टी दिन सक्ने अवस्था छैन । त्यसकारण विश्व स्वास्थ्य संगठनले पनि यो एन्ड अफ प्यान्डामिक भन्ने बेला भएको छैन । जोखिम कायम नै छ । नयाँ नयाँ भेरियन्ट आउने जोखिम कायमै छ भनिरहेको अवस्था छ । बास्तवमा यथार्थ पनि यही नै हो । ओमिक्रोनमै गएर यो महामारी सिमित हुन्छ भन्ने तथ्य अझै स्पष्ट भइसकेको छैन । नयाँ भेरियन्ट यो भन्दा आक्रामक भएन भने त्यसले फेरी ओमिक्रोन रिप्लेश गर्न सक्दैन । त्यसकारण यसलाई रिप्लेश गर्न यो भन्दा आक्रामक नै आउनुपर्छ । यो भन्दा कमजोर आयो भने त हामी सबैले सोचेको जस्तै भयो, महामारीले धेरैलाई दुःख नदेला भन्ने सकारात्मक सोच मात्रै हो । तर भाइरसले कस्तो रुप लिन्छ भन्ने भविष्यको गर्भमै छोडौँ र हामी सचेत रहौँ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख पौडेलले अहिले ८७ हजार जना हाराहारीमा संक्रिय संक्रमित रहँदा संस्थागत आइसोलेशनमा करिब १२ सय जनामात्र रहेको र अन्य संक्रमित घरमै आइसोलेसनमा बसिरहेको बताउनुभयो । हाल दैनिक २०० जना हाराहारीको संक्रमितलाई सघन उपचार कक्षमा उपचार गर्नु परेको र त्यसमध्ये ३० देखि ४० जनालाई भेन्टीलेटर आवश्यक परेको उहाँले जानकारी दिनुभयो । यस्तै जनवरी महिनाको अन्तिम अर्थात माघ महिनाको मध्यमा पुग्दा संक्रमित हुने र अस्पतालको सेवा चाहिने संक्रमितको संख्या पनि धेरै बढ्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको डा। पौडेलले जानकारी दिनुभयो ।