१ असार २०८३, सोमबार
,
Latest
गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दकोठामै हराउँछ एकल महिलाको आवाज



अ+ अ-

पोखरा । मानव अधिकारका लागि महिला, एकल महिला समूह गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको ‘सङ्क्रमणकालीन न्यायका लागि द्वन्द्व प्रभावित महिलाको पहुँच’ विषयक प्रदेश स्तरीय एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 

द्वन्द्व प्रभावित एकल महिलाले व्यवस्था बदलिए पनि अवस्थामा परिवर्तन हुन नसक्दा पीडितको आवाज बन्दकोठामा मात्रै सीमित हुने गरेको बताएका छन् । पीडा र छटपटिका स्वरले कार्यक्रम हलमा गुञ्जे पनि कार्यक्रमसँगै आवाज विलीन हुँदा न्याय पाउन नसकेको एकल महिलाले गुनासो गरेका हुन् ।

सहभागीहरुले परिवर्तित व्यवस्थाका लागि आफ्ना परिवारका सदस्यले बलिदानी गरेको स्मरण गर्दै पीडितले परिवर्तनको आभाष गर्न नसकेको बताएका हुन् । सो कार्यशाला गोष्ठीमा प्रदेशका ८ जिल्लाका ५५ जनाको सहभागिता रहेको समूहका प्रदेश सचिव मीना अधिकारीले जानकारी दिनुभयो । तस्वीर : जमुनावर्षा शर्मा/रासस




भर्खरै