२० आश्विन २०८१, आईतवार
,
Latest
राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन ५१,००,००५ रुपैयाँ योगदान बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ नवनियुक्त प्रधानन्यायाधीश राउतको पद तथा गोपनीयताको शपथ रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेरबहादुर देउवाको इमान्दारीतालाई कमजोरी नठान्न प्रधानमन्त्रीलाई काँग्रेस सांसदको चेतावनी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद शान्ती बि.कले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको इमान्दारीतालाई कमजोरी नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद वि.कले यस्तो चेतावनी दिनुभएको हो । उहाँले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफूलाई दिएको बचनमा पूर्णरुपमा प्रतिवद्ध र स्पष्टता, छलकपट नगर्ने,आफ्नो बचनको महत्व बुझ्ने नैतिक मूल्य र सिद्धान्तमा आधारित निर्णय गर्ने इमान्दार व्यक्ति भएको बताउनु भयो ।

उहाँले काँगे्रस सभापति देउवाको इमान्दारितालाई प्रधानमन्त्री दाहालले कमजोरी ठान्नु गलत भएको बताउनु भयो । उहाँले सत्ताको लागि सबैभन्दा पहिला बालकोटको बाटो देखाउने प्रधानमन्त्री प्रचण्ड नै भएको भन्दै देउवाको कुनै दोष नभएको बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहाल बालकोट र बुढानीलकण्ठ ओहोरदोहोर गरिरहन पाउने तर देउवा बालनकोट जान नपाउने हो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो,‘गृहमन्त्रालय एक्सनमा उत्रिएर ठूला दल डराएर एक ठाउँमा आए भन्दै गर्दा २०८० फागुन २३ देखि आजसम्म एक्सनमा उत्रिन रोक्यो कसले ? सहकारीको अबौं हिनामिना काण्डले आफ्नै धोती खुस्किएर गृहमन्त्रालय फाइल खोल्ने सिरिज जनताकोबीचमा रिलिज हुँदैन भन्ने कुरा अवगत रहोस् । २६ वर्षदेखि मैले चिनेको दलको नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफूलाई दिएको वचनमापूर्ण रुपमा प्रतिवद्ध र स्पष्टता छलकपट नगर्ने,आफ्नो वचनको महत्व बुझ्ने नैतिक मूल्य र सिद्धान्तमा आधारित निर्णय गर्ने इमान्दार व्यक्तिको रुपमा चिनेको छु । मलाई यो नाम माथि गर्व छ । यही इमान्दारितालाई प्रधानमन्त्री पुष्पकमल दाहालले कमजोरी ठान्नुभयो । तर उहाँले बालकोटको बाटो देखाउने तपाईं नै हो । यसमा दलको नेताको कुनै दोष छैन । तपाई बालकोट र बुढानीलकण्ठ ओहोरदोहोर गरिरहन पाउने तर देउवा बालकोट जान नपाउने हो ?’

उहाँले गृहमन्त्रालय एक्सनमा उत्रिएर ठूला दल डराएर एक ठाउँमा आए भन्दै गर्दा २०८० फागुन २३ देखि आजसम्म एक्सनमा उत्रिन कसले रोक्यो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सहकारीको अर्बौं रकम हिनामिना काण्डमा मुछिएर हालत खराब भएका गृहमन्त्रीले गृहमन्त्रालय फाइल खोल्ने सिरिज जनताकोबीचमा रिलिज हुँदैन भन्ने कुरा अवगत भएको बताउनु भयो ।