२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाउन सांसद कार्कीको आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाउन गृहमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाउन गृहमन्त्री रवि लामिछानेलाई आग्रह गर्नुभएको हो ।

उहाँले गृहमन्त्रीले संसदको रोष्टमबाट फाइल बनेको रहेनछ, बनाउँदै छु भन्ने अभिव्यक्ति दिएको भन्दै कहिले बनाउने र कहिले खोल्ने भनि प्रश्न समेत गर्नुभयो । उहाँले बेचन झालाई शिखण्डीको रुपमा नउभ्याउन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘कहिले रोष्टममा बसेर गृहमन्त्री भन्नुहुन्छ, फाइल त बनेकै रहेनछ । बनाउँदै छु । फाइल कहिले बनाउने हो ? फाइल कहिले खोल्ने हो ? कृपया तपाईहरुलाई म अनुरोध गर्दछु, फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाइयोस् । तपाईहरुले ब्ल्याकमेलिङको माध्यम फाइललाई नबनाउनुस् । कुनै बेचनलाई अगाडी ल्याएर आएर उभ्याएर त्यसलाई शिखण्डीको रुपमा नउभ्याउनुस् । गृहमन्त्रीज्युलाई रुलिङ गरियोस् । उहाँले दिएको फेहरिस्त अनुसार विपद् न्युनिकरणका कार्यक्रमहरु भएको छ कि छैन, यस्तो खेलाँचीको काम नगरौँ । नेपाली जनताको ज्यान बचाउने काम गरौँ । फाइलका कुरा ल्याएर धम्क्याउने अस्त्रको रुपमा नबनाऔँ ।’

उहाँले विपद् व्यवस्थापनमा गृह मन्त्रालयबाट भएको कामको सम्बन्धमा गृहमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने पनि बताउनु भयो ।