२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय टोलीका यी खेलाडीहरु जसले एक खेल पनि नखेली ५–५ करोड लिनेछन्



अ+ अ-

एजेन्सी । टी–२० क्रिकेट विश्वकप जितेपछि भारतीय टोलीमा पैसा र पुरस्कारको भारी वर्षा भएको छ ।

बीसीसीआईले घोषणा गरेको १२५ करोड रुपैयाँ पुरस्कार राशिमध्ये १५ खेलाडीले ५–५ करोड रुपैयाँ पाउनेछन् ।

रोचक कुरा के छ भने ५–५ करोड रुपैयाँ पाउने १५ खेलाडीमध्ये एउटा पनि खेल नखेल्ने तीनजना अनुहार छन् ।

मुख्य प्रशिक्षक राहुल द्रविडलाई पनि कुल पुरस्कार राशिमध्ये ५ करोड रुपैयाँ पुरस्कार दिइनेछ ।

‘द इन्डियन एक्सप्रेस’ को रिपोर्ट अनुसार कोर कोचिङ ग्रुपका बाँकी रहेकाले २.५ करोड रुपैयाँ पाउनेछन् ।

टोलीका चार रिजर्भ खेलाडी (रिंकु सिंह, शुभमन गिल, आवेश खान र खलिल अहमद)ले पनि १–१ करोड रुपैयाँ पाउनेछन् ।

यशस्वी जैसवाल, सञ्जु सामसन र युजवेन्द्र चहल टोलीमा थिए तर उनीहरुले एउटा खेल खेलेका थिएनन् । उनीहरुले पनि ५ करोड रुपैयाँ पाउनेछन् ।