२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैलुङ भर्चुअल तेक्वान्दोको हुने



अ+ अ-

काठमाडौं । सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिता जनवरी ८ र ९ तारिखमा हुने भएको छ ।

प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको डोजाङ प्रमुख नोर्बु मोक्तानले जनाएका  छन् । पुरुष/महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुष/महिला दुवैमा १० वर्ष, १२ वर्ष, १५ वर्ष, १७ वर्ष, १८–३० वर्ष, ३१–४० वर्ष र ४१ वर्षमाथि उमेरसमूहमा खेल हुने छ ।

प्रतियोगितालाई सैलुङ नगरपालिकाले मुख्य प्रायोजन गर्ने प्रमुख मोक्तानले जानकारी दिए । सहभागिताका लागि इच्छुकले जनवरी ४ तारिखसम्म नाम दर्ता गराइसक्नु पर्ने छ । सहभागीले जनवरी ५ देखि ६ तारिखसम्म बढीमा १ मिनेट ३० सेकेन्डको भिडियो आयोजकलाई पठाउनु पर्ने छ ।

‘मोस्ट पपुलर खेलाडी’ लाई नगद १० हजार रुपैयाँबाट पुरस्कृत गरिने छ । यो विधा चयनका लागि सहभागीले पठाएको भिडियोलाई युट्युबमा राखिने छ । सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई उक्त विधाबाट पुरस्कृत गरिने   छ ।

प्रतियोगिता सञ्चालन गर्न पाँच अन्तर्राष्ट्रिय निर्णायक चयन गरिएको छ । अन्तर्राष्ट्रिय निर्णायकहरुमा नोर्बु लामा, अशोक खड्का, हीराबहादुर थापा, मिन न्यौपाने र विक्रम खड्गी रहेका छन् ।