९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

हत्या अभियोगमा जापानमा एक नेपाली युवालाई १८ बर्ष कैद

हत्या अभियोगमा जापानमा एक नेपाली  युवालाई १८ बर्ष कैद
अ अ+ अ-

जापानको चिवा स्थित एक  हत्या अभियोगमा प्रहरी नियन्त्रणमा रहेका एक नेपाली युवालाई जेल सजाएको फैसला सुनाएको छ । चाइनिज युवतीको हत्या गरेको अभियोगमा १ वर्ष अघि पक्राउ परेका नेपालको मकवानपुर जिल्ला घर भै हाल जापान बस्दै आएका ३२ वर्षीय गिरि थरका युवालाई १८ बर्षको जेल सजाए सुनाइएको हो ।

सन् २०१५ को जुलाई महिना देखि बेपत्ता भएकी युवतीको सब सन् २०१९ को सेप्टेम्बर महिनामा भेटिएको थियो । ति युवतीको सब काठको बाकसमा बन्द गरिएको अबस्थामा पानीजहाजमा भेटिएको प्रहरीले जनाएको छ । सब भेटिएसंगै गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु २ जना संगै बस्ने गरेको बुझिएको छ । चिबाको जिल्ला अदालतले १८ बर्षको जेल सजाए सुनाए पनि उनले हत्या स्वीकार गरेका छैनन ।ति युवती कोठामा मृत अबस्थामा भेटिएपछि आफु फस्ने डरले काठमा प्याक गरि पानीजहाजमा लगेर राखेको अदालतमा बयान दिएका छन् ।

'काठको बाकसमा नअटे पछि शरीरका केही अंगहरु काटेको हुँ तर मैले हत्या गरेको होइन' अभियुक्तले अदालतमा दिएको बयानलाइ उदृत गर्दै उनका आफन्तले भने । गिरी सन् २००९ मा बिद्यार्थी भिषामा जापान आए पनि पछिल्लो समय शरणार्थी आबेदन दिएर बसेका थिए । मृतक चाइनिज युवती र अभियुक्त गिरीले एउटै कम्पनीमा काम गर्ने गरेको बताइएको छ । उच्च अदालतले जिल्लाकै फैशला सदर गरेको खण्डमा उनि करिब १७ वर्ष जेल बस्नु पर्नेछ ।

१८ बर्षको जेल सजाय सुनाइएको भएतापनि अनुसन्धान क्रममा थुनामा राखिएको कटौति गर्दा १७ वर्ष जेल बस्नु पर्ने भएको हो । अभियुक्त गिरि भने जिल्ला अदालतको फैसला बिरुद्द उच्च अदालतमा जाने तयारीमा रहेको उनका आफन्तहरुले जानकारी दिएका छन् ।