६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री बन्नुहुन्छ: काँग्रेस सांसद बडू



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने बताउनुभएको छ ।

काँग्रेस–एमालेबीच पहिलो चरणमा ओलीलाई प्रधानमन्त्री बनाउने समझदारी भएकाले त्यसको कार्यान्वयन हुनेमा आशंका नगर्न पनि उहाँले आग्रह गर्नुभयो । आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद बडूले पहिलो चरणमा ओली र दोस्रो चरणमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दुई दलको समझदारी इमान्दारिताका साथ कार्यान्वयनमा जाने बताउनु भयो । उहाँले दुई दल संविधानको ७६ (२) अनुसार सरकार बनाउन सहमतीमा आएको पनि स्पष्ट पार्नुभयो ।

सांसद बडूले भन्नुभयो, ‘७६ (२) कार्यान्वयन गर्नेगरी हामी एक ठाउँमा आएका हौं । त्यसमा पहिलो पालो नेकपा एमालेका आदरणीय नेता केपी ओली जी हुनुहुन्छ । माननीय केपी ओलीजी । दोस्रो पालो माननीय शेरबहादुर देउवाजी हुनुहुन्छ नेपाली काँग्रेसको सभापति । त्यो समझदारी इमान्दारिताका साथ । केका लागि भन्दा राजनीतिक स्थिरता दिने कुरामा हामी एक ठाउँमा आएका हौं भने हामीले त्यो कुरा मेन्टेन गर्नु पर्‍यो नि । त्यो गर्छौंंंं । अहिले त्यही विश्वासका साथ हेरिनुपर्छ । यो आशंकाले ठाउँ पाउँदैन । र हामीले जे गरिराखेका छौं, त्यो जनताले पनि देखिराखेका छन् नि । त्यसकारणले यसमा सबै आफ्नो प्रतिवद्धतामा सबै इमान्दारिताका साथ जानुपर्ने अवस्था छ । जान्छ ।’

सांसद बडूले दुई दलबीच मुलुकलाई राजनीतिक स्थिरता दिनेगरी सरकारमा जाने सहमती भएको पनि बताउनु भयो ।