२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ?



अ+ अ-

एजेन्सी । विश्वभर विभिन्न कामहरूमा फरक–फरक तलबहरू उपलब्ध छन् । धेरै देशहरूमा मानिसहरू आफ्नो तलबमा सन्तुष्ट छैनन् भने यस्ता धेरै देशहरू पनि छन् जसमा मानिसहरूले सानो काममा पनि राम्रो कमाउँछन् ।

यस्तो अवस्थामा, आज हामी विश्वका ती शीर्ष देशहरूको बारेमा जान्नेछौं जहाँ मानिसहरूले सबैभन्दा धेरै तलब पाउँछन् ।

वल्र्ड अफ स्ट्याटिस्टिक्सको प्रतिवेदन अनुसार युरोपको प्लेग्राउन्ड भनिने स्विट्जरल्याण्ड सबैभन्दा धेरै मासिक औसत तलबको आधारमा पहिलो स्थानमा छ ।

यो देशमा मानिसको औसत मासिक तलब कम्तिमा ६ हजार २९८ डलर अर्थात् ८ लाख ४२ हजार ६७२ रुपैयाँ छ ।

यसपछि यो सूचीमा दोस्रो नम्बरमा लक्जमबर्ग छ । यो देशमा मानिसको औसत मासिक तलब ५ हजार १२२ डलर (६ लाख ८५ हजार ३२३ रुपैयाँ) छ ।

तेस्रो स्थानमा एसियाली राष्ट्र सिंगापुर छ । जहाँ मानिसको औसत मासिक तलब ४ हजार ९९० डलर (६ लाख ६७ हजार ६६२ रुपैयाँ) छ ।