२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह



photo: Rss
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गर्नुभएको छ ।

आईतवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्री लामिछानेलाई क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न आग्रह गर्नुभएको हो । उहाँले उहाँले जिबि राईलाई पक्राउ गरेर ल्याउन पनि आग्रह गर्नुभयो । अझै सरकारको ७ दिन बाँकी रहेको भन्दै उहाँले यो बिचमा भ्रष्टाचारको फाइलहरु खोलेमा आफूहरुको साथ र समर्थन रहने बताउनु भयो । उहाँले सुकुम्वासीहरुलाई खोला किनाराबाट हटाउन काठमाडौं महानगरपालिकाले पत्र पठाएर गृह मन्त्रीलाई पटक–पटक आग्रह गरेपनि प्रहरी नपठाएको बताउनु भयो । उहाँले गृहमन्त्रीले संसदमा आएर ठूलो कुरा मात्रै गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संविधान संशोधन गरौँ । संविधानलाई परिवर्तन गरौँ । संविधान गिता, कुरान, बाइबल होइन । देशको हितमा छ भने संशोधन गरेर अगाडी बढाऔँ । हितमा छैन भने बुँदाहरु कटौती गरौँ । हामीलाई जनताले यी पुराना ३३ वर्षदेखि देशलाई लुटे । यिनीहरुका विरुद्धमा सडक र सदनबाट खडा हुनुपर्छ भनेर जनताले दिएको जनमत हो । पद र प्रतिष्ठाको लागि हो जस्तो मलाई लाग्दैन । मलाई बढी केही माग्नु छैन गृहमन्त्रीबाट । जिबि राई पक्राउ गरेर ल्याउनुस् । यहीँ संसदमा हामी फूलमालाले स्वागत गर्छौ । ०७२ घण्टामा निर्मला पन्तको हत्यारा पत्ता लगाउँछु भन्नुभयो । सबै जनताले पत्याएर भोट हाल्यौँ । १२४ दिन भयो सरकारमा गएको आज के भयो ? अझै ७ दिन फाइल खोलौँ । झ्याम कि झ्याम यहीँबाट पक्राउ गरेर जेल हालौँ । हामी साथ र समर्थन गर्छौ । खोल्नुस् न फाइल कसले रोकेको छ ? किनभने आजपनि सरकार छ । जनतालाई कहिलेसम्म भ्रमित पार्ने हो ? काठमाडौं महानगरपालिकाले कतिपटक पत्र काट्यो होला हुकुमबासीलाई(सुकुम्वासीलाई) हटाऔँ भन्दाखेरी हाम्रो गृहमन्त्रीज्यू एउटा प्रहरी दिन पनि सक्नुहुन्न । अनि संसदमा आएर ठूलो कुरा ? गृहमन्त्रीज्युलाई काम गर्ने कुरामा समर्थन छ, क्यान्टनमेण्ट घोटालामा कसको नाम छ रोष्टममा आएर बताउनुस् । हामी तपाईलाई समर्थन गर्छौं ।’

प्रमुख सचेतक शाहीले संविधान संशोधन गर्नुपर्ने बताउनु भयो । उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थामा जानुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल