१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड

विकिलिक्सका संस्थापक असान्जले अमेरिकी सुपुर्दगी विरुद्ध पुनरावेदन गर्ने अधिकार जिते

विकिलिक्सका संस्थापक असान्जले अमेरिकी सुपुर्दगी विरुद्ध पुनरावेदन गर्ने अधिकार जिते
अ अ+ अ-

लन्डन । विकिलिक्सका संस्थापक जुलियन असान्जलाई सोमबार संयुक्त राज्य अमेरिकामा सुपुर्दगी गर्ने निर्णयविरुद्ध अपील गर्ने अनुमति दिइएको छ । अमेरिकामा उनले आजीवन जेल सजाय भोग्न सक्नेछन्।

वासिङ्टनले इराक र अफगानिस्तानमा अमेरिकी नेतृत्वको युद्धसँग सम्बन्धित पाँच लाख गोप्य सैन्य फाइलहरूको प्रकाशनको सम्बन्धमा ५० वर्षीय यी अष्ट्रेलियालीलाई मुद्दा चलाउन चाहन्छ।

डिसेम्बरमा लन्डनको उच्च अदालतले आत्महत्याको जोखिम हुने आधारमा उनलाई संयुक्त राज्य अमेरिका नपठाउने तल्लो अदालतको आदेशलाई उल्टाएको थियो।

तर असान्जका वकिलहरूले त्यसपछि देशको सर्वोच्च अदालतले ‘सामान्य सार्वजनिक महत्वको कानूनको विन्दु’ मा फैसला गर्नुपर्ने तर्क गर्दै उक्त निर्णयलाई चुनौती दिएका थिए।

“कानूनको विन्दु प्रमाणित गर्न प्रतिवादीको आवेदन स्वीकार गरिएको छ”, न्यायाधीश इयान बर्नेट र टिमोथी होलरोइडले लिखित आदेशमा भने।

न्यायाधीशहरूका अनुसार उनीहरू आफैँले उनलाई सर्वोच्च अदालतमा पुनरावेदन गर्ने अधिकार दिएका थिएनन् तर असान्जलाई आफैँले त्यसो गर्ने अधिकार थियो।

अब सर्वोच्च अदालतले मुद्दा चलाउने कि नचलाउने भन्ने निर्णय गर्नेछ । 

समर्थकको राहत

असान्जकी विवाह हुन लागेकी र उनका दुई साना छोराछोरीकी आमा स्टेला मोरिस मुस्कुराउँदै अदालतबाट बाहिर निस्किन् र स्पष्टरूपमा राहत महसुस गरिरहेकी थिइन्।

उनले भनिन्, “आज अदालतमा जे भयो, त्यो हामीले चाहेको हो । अहिलेको अवस्था यस्तो छ कि सर्वोच्च अदालतले पुनरावेदन सुन्ने कि नसुन्ने निर्णय गर्नुपर्छ, तर गल्ती नगरौँ, आज हामी अदालतमा जित्यौँ। यदि त्यहाँ न्याय भएको भए जुलियनले पर्दाफास गरेको अपराधहरू– युद्ध अपराध, निर्दोष नागरिकहरूको हत्याको आरोप लाग्ने थिएन। हाम्रो लडाइँ जारी छ। जुलियन मुक्त नभएसम्म हामी लड्नेछौँ।”

सेन्ट्रल लन्डनमा रहेको रोयल कोर्ट अफ जस्टिस बाहिर भीड जम्मा भयो र भीडले निर्णयलाई स्वागत गर्यो।

“१० वर्ष पर्याप्त भयो, अब असान्जलाई स्वतन्त्र बनाऊ”, मध्य इङ्गल्याण्डको नटिङ्घमबाट आएका ६१ वर्षीया सु बार्नेटले भने, “हामी सबै नराम्रोसँग डराउँदै थियौँ।”

असान्जलाई अमेरिकामा १७५ वर्षसम्म जेल सजाय हुन सक्छ, यद्यपि सही सजाय अनुमान गर्न गाह्रो छ।

विकिलिक्सका सम्पादक क्रिस्टिन ह्राफन्सनले सोमबारको निर्णयलाई ‘आंशिक विजय’ का रूपमा स्वागत गर्दै असान्ज विरुद्धको अमेरिकी आरोपहरूलाई ‘विश्वव्यापी प्रेस स्वतन्त्रतामा निर्मम आतङ्कवादी हमला’ भने। एएफपी