२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुशी हुनसक्ने अवस्था नरहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिसकेको अवस्थामा विश्वासको मत लिएर विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको बताउनु भयो । उहाँले संविधानलाई सबैले मान्नुपर्ने बताउनु भयो । उहाँले नयाँ सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्नु पहिलो आवश्यकता रहेको बताउनु भयो । उहाँले सधैँ अस्थिरतालाई बोकेर हिँड्नु भन्दा दुई ठूला दल मिलेर सरकार बनाउनु उचित रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले त आठ, नौ महिला पहिलादेखि नै एउटा कुरा भनिरहेको थिएँ । यसरी हरेक दिन स्थिर सरकार, डेढ वर्षमा चौथो हुन थालिसक्यो अब त । नेपाली काँग्रेस र माओवादी मिलेर त हामी सबैले भोट हाल्यौँ होला । तर निर्वाचनपछि माओवादीले एमालेलाई लिएर सरकार बनयो । उहाँहरुको बीचमा के मिलेन, फेरि काँग्रेससँग आयो । त्यसपछि फेरि काँग्रेसलाई छोडेर एमालेसँग मिल्नुभयो । यो अस्थिरतालाई कहिलेसम्म हामीले बोकिरहने ? भन्ने मलाई लाग्यो । म बोलि पनि रहेको थिएँ । त्यसकारण हामीले संविधानमा मिनिमम केके सुधार गर्नसक्छौँ ? किनभने संविधानको डकुमेण्ट ठूलो छ । त्यसमा सुधार गर्नुपर्ने पनि धेरै होला । ति धेरैकुरामा छेडखानी गर्नथाल्यौँ भने संविधान सुधार हुँदैन । कम्तिमा पनि निर्वाचन प्रणालीमा हामीले सुधार गरेर जानसक्यौँ भने केही न केही जनताले चाहेको कुरा हुन्छ की । जहाँ जाँदा पनि म एउटै कुरा सुन्छु की समानुपातिक हटाइदिनुस्, अरु पनि थियो । मुख्य त्यही थियो ।’

‘समानुपातिक हटाउँदा संविधानको मर्मलाई मर्न दिनु भएन । समावेशी समानुपातिकताको मर्म जुन छ, त्यसलाई मर्न दिनु हुँदैन । त्यसैले मैले महिला र दलितलाई महिलाको ३३ प्रतिशत र दलितको १४ प्रतिशत सिट रिजर्भ गरौँ । महिलाको बीचमा प्रतिष्पर्धा गरौँ । दलितको बीचमा प्रतिष्पर्धा गरौँ । यो कुरालाई अघि बढाउँ भन्ने लाग्यो र धेरै पहिलादेखि नै बोलेको थिएँ । सबै साथीहरुसँग कुरा गर्दा अन्तत्वगत्वा आएको छ, तर अहिले नै खुशी हुनसक्ने अवस्था छैन । किनभने अहिले प्रचण्डजीले आजको दिनसम्म पनि राजीनामा दिनुभएको छैन । राजीनामा न्दिएपछि संविधानत: के हुन्छ ? भन्ने हामीले सोच्नुपर्छ । किनभने संविधानलाई टेकेर हिँड्नुपर्छ । टेकेर हिँड्दा प्रचण्डजीले राजीनामा दिनुभएन र विश्वासको मत लिनुभयो भने संविधानको धारा ७६ को ३ मा नजाओस् । उहाँले विश्वासको मत लिएर फेल भयो भने ७६ को ३ मा नजाओस् भन्ने मात्रै हो ।’

नेता कोईरालाले गिरिजाप्रसाद कोईरालाले लिनुभएका संकल्पलाई ध्यानमा राखेर काँग्रेस अघि बढ्ने बताउनु भयो ।




भर्खरै