२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलक्षित झलनाथको टिप्पणी: काँग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाउनुभएको छ ।

शुक्रवार काठमाडौंमा महाधिवेशन सम्पन्न समारोहमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनाएको समीकरणलाई उहाँले दलाल पुँजीवादको संज्ञा दिनुभयो ।

उहाँले नेपाली काँग्रेसलाई दलाल पुँजीवादको संज्ञा दिँदै उहाँले काँग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने जिकिर गर्नुभयो । उहाँले अहिले नेकपा एमाले भित्र भूकम्प गएको बताउनु भयो । नेकपा (एकीकृत समाजवादी) को विकास र बिस्तारलाई रोक्नसक्ने शक्ति कुनै नरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको विकास र बिस्तारलाई रोक्नसक्ने यो देशमा कुनै शक्ति छैन । हरेक हिसावले हाम्रो पार्टी अघि बढ्ने अवस्थामा छ । कम्युनिष्ट आन्दोलनमा अहिले दक्षिणपन्थी अवसरवाद र दक्षिणापन्थी यथास्थितिवाद हाबी छ । आम कार्यकर्ताहरुले नयाँ विचार खोजिरहेका छन् । सही नेतृत्व खोजिरहेका छन् । सही पार्टी खोजिरहेका छन् । स्वयं नेकपा एमालेभित्र अहिले कार्यकर्ताहरुमा एक किसिमको भूकम्प गइरहेको छ । जुन प्रकारको नेतृत्व छ, त्यो नेतृत्व अब दलाल पुँजीवादसँग अँगालो मार्दैछ कमरेडहरु । दलाल पुँजीवादसँग अँगालो मार्ने कुनैपनि कम्युनिष्ट पार्टीले जनता र राष्ट्रको हित गर्न सक्दैन । यो कुरा नेकपा एमाले पार्टी ३ लाख ५० हजार सदस्यहरुले अब आजदेखि नै गम्भीरतापूर्वक सोच्नुपर्नेछ । त्यो पार्टीभित्र व्यापक रुपान्तरणको अभियान चल्नेछ ।’

सम्मानित नेता खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा अब नयाँ पुन:गठनको प्रक्रिया शुरुवाता हुने बताउनु भयो ।