१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ ।

औपचारिक रुपमा समर्थन फिर्ताको पत्र दर्ता गरी प्रधानमन्त्रीलाई बुझाउने एमालेको तयारी छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले न्युजपोलारसँग भन्नुभयो – ‘हिजोको सचिवालयको बैठकले एमालेको नेतृत्वमा कांग्रेस र एमालेबीचको समझदारीमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्रीलाई आजसम्म मार्गप्रशस्त गर्न आह्वान गरेको थियो । अहिलेसम्म प्रधानमन्त्रीबाट त्यो अवस्था देखिएन । यसमा हाम्रो कुनै अन्यथा छैन । हामीले नयाँ राष्ट्रिय सरकारको प्रक्रिया आरम्भ गर्नका लागि एमालेको तर्फबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको छ ।’