२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्ल्याकमेलिङको राजनीतिक नगर्न रविलाई काँग्रेस सांसद बस्नेतको चेतावनी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्ने धम्की नदिन चेतावनी दिनुभएको छ ।

बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गृहमन्त्रीले काँग्रेसलाई फाइल खोल्ने धम्की दिइरहेको भन्दै फाइल खोल्ने धम्की नभइ फाइल भए खोल्न आग्रह गर्नुभयो । उहाँले ब्ल्याकमेलिङको राजनीतिक चेतावनी दिनुभयो ।

उहाँले नेपाली काँग्रेस सरकारमा जान आतुर रहेकाले चाँडो चाँडो भन्दा निकास सरकारलाई दिन आग्रह गर्नुभयो । उहाँले दुई धोका आएका नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनाएको सत्ता समीकरण उन्नति, प्रगति र विकासको लागि भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी अहिले प्रतिपक्षमा छौँ । चाँडो भन्दा चाँडो सरकारले निकास दिनुप¥यो । चाँडो भन्दा चाँडो सरकारमा जान चाहन्छाँै । यो स्पष्ट कुरा हो । जहाँसम्म संविधानका कुरा छ, लोकतन्त्रको कुरा छ, धर्म निरपेक्षताको कुरा छ । यो काँग्रेसको हिजोदेखिकै कुरा हो, यसमा हामी कतै झुकेनौँ, टुटेनौँ । बारम्बार धोका दिँदा दिँदा दुई धोका खाएका व्यक्तिहरु दुई ठूला पार्टी एक भएका छन् । काँग्रेसले पनि धोका खायो, एमालेले पनि बारम्बार धोका खायो ।

प्रधानमन्त्रीज्यु के भन्नुहुन्छ भने एउटा खुट्टाले यताबाट हान्छु, अर्को खुट्टाले उताबाट हान्छु बल खेलेको खेल्यै गर्छु भन्नुहुन्छ । बल खेल्न नदिउँ भनेर यो सहमति भएको छ । उन्नति, प्रगति र विकासको लागि यो सहमति भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले भन्नुभएको छ, फाइल खोल्छौँ । खोलौँ न सबै फाइल खोलौँ । तपाईंहरुसँग प्रहरी प्रशासन छ, हामी तयार छौँ । फाइल खोल्ने धम्की नदिऔँ । ब्ल्याकमेलिङको राजनीतिक नगरौँ । काँग्रेसको सरकार आएपछि सुनका फाइल पनि खोलिन्छन्, केके खोल्ने हो खोलिन्छन् ।’

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले दुवैतिरको बल आफैँ खेल्छु भन्ने सोचेपछि अहिलेको परिणाम आएको बताउनु भयो ।