४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम



अ+ अ-

तनहुँ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)मा तनहुँको भिमाद नगरपालिका–३ स्थित बाल शैक्षणिक मावि जिल्लामै प्रथम हुन सफल भएको छ ।

परीक्षामा यस विद्यालयबाट ८० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् जुन जिल्लामै पहिलो हो ।

यस विद्यालय गतवर्ष दोस्रो स्थानमा रहेको थियो । विद्यालयबाट २० जना विद्यार्थीमध्ये १६ जना उत्तिर्ण भएका छन् । यस्तै, शुक्लागण्डकीको बेलचौतारास्थित जनकल्याण मावि दोस्रो हुन सफल भएको छ ।

सो विद्यालयका ७६.६० विद्यार्थी उत्तिर्ण भएका छन् । यस्तै, भानु नगरपालिकाको पुर्कोट मावि मुलाबारी तेस्रो भएको छ ।