२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदन हुबहु सार्वजनिक गर्ने भएको छ ।

सहप्रवक्ता मनिष झाले प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सभापतिले प्रतिबद्धता जनाइसकेको उल्लेख गर्दै बैठक लाइभ गर्ने महामन्त्रीको प्रस्ताव भने अस्वीकृत भएको जानकारी दिए ।

अहिले जारी केन्द्रीय समितिको बैठकमा प्रतिवेदनमाथि नेताहरुले आआफ्नो धारणा राख्ने क्रम जारी छ ।

बैठक लाइभ नहुने भएपछि महामन्त्री ढकाल मुखमा टेप लगाएर बसेको झाको भनाई छ । झाका अनुसार महामन्त्री नबोलेपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले डेढ घन्टा लगाएर प्रतिवेदन वाचन गरेका थिए ।