९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

अष्ट्रेलियाको नेपाली समुदायद्धारा नेपालका गरिब परिवारलाई खाद्यान्न सहयोग

अष्ट्रेलियाको नेपाली समुदायद्धारा नेपालका गरिब परिवारलाई खाद्यान्न सहयोग
अ अ+ अ-

काठमाडौं । अष्ट्रेलियाको नेपाली समुदायमा पुरानो संस्थाको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अष्ट्रेलियन डेमोक्रेटिक फोरम (१९९८) ले महामारीका कारण बरोजगार भई जनजिवीका चलाउन पनि निकै अप्ठेरोमा पनि परेका नेपालका विभिन्न जिल्लाका परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

आर्थिक संकलनका लागि संस्थाका उपाध्यक्ष हरिभक्त अधिकारीको संयोजकत्वमा एक समिति गठन गरी सबैको विश्वास्, सदभाव र सहयोगका कारण संकलित रकम सो संस्थाले नेपालको तराइ र पहाडका ५ जिल्लामा गरेर ८०९ घरपरिवारलाई खाद्यान्न राहात बितरण गरेको जानकारी दिएको छ । 

अस्ट्रेलियालाई कर्मभूमि बनाएका र यस सस्थासंग प्रत्यक्ष र परोक्ष रुपमा आबद्ध साथीहरु र सुभेच्छुकहरुको  सहयोगी हात र भरपर्दो साथले गर्दा नै सो संस्थाले लिएको उद्देश्य प्राप्त हुन सकेको सो संस्थाको भनाई छ । 

शताव्दीको सबैभन्दा ठुलो मानवीय संकट कोभिड महामारीमका कारण बेरोजगारी, भोक र रोगले पीडिडत नेपाली दाजुभाइ दिदीबहिनीहरुको पीडामा मल्हम लगाउने उदेश्य राखी नेपलिज अष्ट्रेलियन डेमोक्रेटिक फोरमले दुइ महिना अघि भाइबर ग्रुप बनाइ आर्थीक संकलन र नेपालमा राहत वितरणको कार्य शुरु गरेको थियो । 

राहतस्वरुप तराइका जिल्लामा चामल २५ किलो, २ किलो दाल्, खानेतेल्, साबुन्, नुन र मास्क बितरण गरियो भने पहाडी जिल्लामा ३० किलो चामल र दुइ किलो दाल प्रति घरपरिवार बितरण गरिएको थियो ।

सो राहातमाा कार्तिक २३ र २४ तथा मंसीर २६ मा पर्सा जिल्लाको क्रमशः अलौ मा १०५, सुगौलीमा ३८ र १२५ लक्ष्मीपुरमा २५८ दलित तथा विपन्न परिवारलाई  प्रति घरपरिवार २५ किलो चामल, २ किलो दाल, आधा लिटर तेल, साबुन, नुन र मास्क वितरण गरिएको सो संस्थाले जनाएको छ ।

यसैगरी कार्तिक २८ मा जाजरकोटको भेरी नगरपालिका अन्तर्गत खलंगाको गौरीखालीमा ५३ परिवार, कुटुमा ६ परिवार र पुन्याको स्याउली बजारमा ३३ घर परिवार सहित १०३ विपन्न तथा गरिव परिवारलाई प्रति परिवार ३० किलो चामल र २ किलो दाल बितरण गरिएको थियो । भेरी नगरपालिकाका १३ वटै वडा बाट लगत संकलन गरि राहत बितरण गरिएको हो ।

त्यस्तै मंसिर ४ मा रौतहटको गरूडामा १६० दलित तथा विपन्न परिवारलाई प्रति घरपरिवार २५ किलो चामल, २ किलो दाल, आधा लिटर तेल, साबुन, नुन र मास्क तथा मंसीर २२ मा कालिकोटको राचुलीमा १३ घर परिवार र मंसीर २३ मा मान्म मा १५० परिवारलाई प्रति परिवार ३० किलो चामल र २ किलो दाल बितरण गरिएको थियो ।

त्यस्तै मंसीर २२ मा कालिकोटकै राचुलीमा मंसीर १३ गते भएको आगलागीबाट वास र गाँस गुमाएर कष्टकर जीवन निर्वाह गरिरहेका पीडित १३ परिवारलाई प्रति परिवार २र२ वटा स्लिपिंग ब्याग, टेन्ट र २र२ हजार नगद सहयोग प्रदान गरिएको थियो । 

यही पुष ५ गते सर्लाही जिल्लाको चन्द्रनगर मा ११५ दलित परिवारलाई प्रति परिवार २५ किलो चामल, २ किलो दाल, आधा लिटर तेल, साबुन, नुन र मास्क तथा स्थानीय विपन्न तथा गरीब परिवारको  लगत संकलन गरि राहत बितरण गरिएको बताइएको छ । 

गाउँका अति नै विपन्न्, गरीब र दलित परिवारहरुलाई लक्षित गरी उनीहरुकै गाउ वस्ती मा पुगेर खाद्यान्न राहत बितरण गर्ने हाम्रो प्रायस स्थानीय साथीहरुको समन्वय, सहयोग र मेहनतका कारण सफल भएको छ – सो संस्थाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । 

समस्या धेरैतिर धेरै किसिमको भएपनि सबैतिर पुग्न सम्भव नभएको तर यो कठिन घडीमा साथीहरुको सहयोग र हाम्रो सानो प्रायसबाट सयौं भोका पेटहरुमा दालभात पुर्याउन सकिएकोमा भने हामी सन्तुष्ट छौ, उक्त संस्था एनएडिएफका अध्यक्ष सुरेन्द्र सापकोटाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

सो संस्थाले यस अभियानमा आर्थीक सहयोग गरी साथ दिने सम्पुर्ण सहयोगी मनहरु प्रती कृतज्ञता पनि ज्ञपान गरेको छ । त्यस्तै खाद्यान्न राहत सहयोग ग्रहण गर्ने सबै ८०९ घरपरिवार प्रति पनि  संस्थाले धन्यवाद दिएको छ । यस प्रयासलाई सफल बनाउन स्थानीय रुपमा सहयोग गर्नु हुने वरिष्ठ पत्रकारहरु चन्द्रिकिशोर वीरगन्ज, पत्रकार जनक केसी, जाजरकोट, नेपाल तरुण दलका महामन्त्री भुपेन्द्र शाही, नेपाली काङ्रेस तराइ मधेस बिभागका प्रमुख अजय चौरसिया र स्थानीय जनप्रतीनिधीहरुलाई सो संस्थाले धन्यवाद दिएको छ । 

यस अभियानमा जम्मा १२, हजार ३७ अष्ट्रेलियन डलर रकम संकलन भएको थियो भने राहत बितरणमा ११, हजार ८६१ खर्च गरिएको पनि सो संस्थाले जनाएको छ ।