२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसद्वारा ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुमोदन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले एमालेसँग भएको सत्ता सहकार्यको समझदारी अनुमोदन गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बूढानिलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक एमालेसँग भएको सहमति अनुमोदन गरेको हो ।

बैठकपछि बोल्दै प्रवक्ता डा प्रकाशशरण महतले एमालेसँग भएको सहमतिको स्वागत गरेको बताए । ‘सरकार सुरूमा ओलीजीको नेतृत्वमा बन्छ । दोस्रो कार्यकालमा हाम्रो पार्टी सभापति बन्नुहुन्छ । समझदारीको मुल विषय यही हो’,उनले भने ।

यस्तै, कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न पनि आग्रह गरेको छ ।

कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्ने र नयाँ सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने लगायतका विषयमा समझदारी भएको छ ।