२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरुले शान्ति प्रक्रियाको बाँकि काम तत्काल पूरा गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार गिरिजाप्रसाद कोईरालाको जन्मजयन्तिको अवसर पारेर सानेपामा आयोजित एक कार्यक्रमाम बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । नेता सिटौलाले शान्ति प्रक्रियाको काम तत्काल पूरा गर्दामात्रै पीडितले न्याय पाउने र गिरिजाप्रसाद कोईरालाप्रति पनि उचित श्रद्धासुमन हुने धारणा राख्नुभयो । उहाँले सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिने कुरामा ढिला नगर्न पनि सरकार र राजनीतिक दलहरुलाई दवाव दिनुभयो ।

नेता सिटौलाले भन्नुभयो,‘सत्य निरुपण तथा वेपत्ता छानविन आयोग, त्यो सम्बन्धि कानूनले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । म कसैलाई दोष दिन चाहन्न । हाम्रो यो नालायकीबाट देशलाई मुक्त गरेनौ भने भविष्यमा मुलुकलाई राम्रो हुँदैन । पीडितले न्याय पाउने कुरा विस्तृत शान्ति सम्झौतामा हामीले लेख्यौं । हामीले आजको दिनमा कमिटमेन्ट गर्नु पर्छ–द्वन्द्व पीडितलाई न्याय दिनेगरी काम गर्छौं । ’

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गिरिजाप्रसाद कोईरालाले शान्ति प्रक्रियामा दिएको योगदानको सम्मान गर्न पनि शान्ति प्रक्रियाको बाँकि कामलाई पूरा गर्ने कुरामा जोड दिनुभयो । उहाँले सरकार र राजनीतिक दलहरुले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न ढिलाई गर्न नहुने बताउनु भयो । उहाँले शान्ति प्रक्रियालाई पूर्णता दिने विषयलाई राजनीतिक दलहरुले समान्य रुपमा लिए मुलुकका लागि दुर्भाग्य हुने चेतावनी समेत दिनुभयो । अध्यक्ष भट्टराईले शान्ति प्रक्रियाको बाँकि काम तत्काल पूरा गन पनि दलहरु प्रतिवद्ध भएर लाग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गिरिजाप्रसाद कोइरालाको योगदानको सम्मान गर्ने हो भने प्रतिवद्धता गरौं भन्न मेरा पनि आग्रह छ । संयोगले प्रमुख दलहरुले नै मिलेर सरकार बनाउने भन्ने कुरा आएको छ । मत सरकार पनि छैन । तर त्यो शान्ति प्रक्रियालाई टुंग्याउने जुन विषय छ । यसलाई हामीले किन हल्का रुपमा लिएका छौ ? कोईरालाले आफ्नो जीवनका अन्तिम कालका शान्ति प्रक्रियाको काम टुंगाउने जिम्मेवारी तपाईहरुको काँधमा छ भन्नु एको थियो । तर त्यो अझै पूरा हुन सकेको छैन । त्यसलाई तत्काल पूरा गर्नु पर्छ । ’

अध्यक्ष भट्टराईले सहमती, सहकार्य र एकताको बलमा शान्ति प्रक्रियाको कामलाई गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा शुरु गरिएको र त्यसलाई पूर्णता दिने विषयमा पनि दलहरु एकैठाउँमा उभिएर अघि बढ्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।