• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

युरो कपको क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल भिड्ने



काठमाडौँ । युरो कप २०२४ को क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल भिड्ने भएका छन् ।

गएराति भएको अन्तिम १६ को खेलमा पोर्चुगलले स्लोभेनियालाई पेनाल्टीमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो भने फ्रान्सले बेल्जियमलाई १–० ले पाखा लगाउँदै अन्तिम आठको टिकट काटेको थियो ।

फ्रान्स र पोर्चुगलबीचको क्वाटरफाइनल खेल आउँदो शुक्रबार नेपाली समयानुसार मध्यरातमा १२ः४५ बजे सुरु हुनेछ ।

दुई टोलीबीच २८ खेल भएका छन् । जसमा १९ खेल फ्रान्सले जितेको छ भने ६ खेलमात्रै पोर्चुगलले जितेको छ । ३ खेल बराबरी भएका छन् ।