• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता



फाईल फोटो

काठमाडौँ । गत शनिबार, असार १५ का दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेर करिब साढे दुई घण्टा एमाले अध्यक्ष्य केपी शर्मा ओलीसँग कुराकानी गरेको चर्चा सामाजिक सञ्जालमा भइरहेकै बेला आज बिहान ओलीको बालुवाटार बैठकको अर्को चर्चा थपिएको छ ।

सोमबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुग्नु भयो । करिब तीन घण्टा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सम्बाद गरेर ओली बाहिरिएसँगै तरंगित राजनीति झनै तरंगित हुन पुगेको छ ।

ओली र दाहालबीच पछिल्ला दिनमा निरन्तर छलफल भइरहेको थियो । तर सोमबार बिहान उहाँहरुबीचको भेटको तस्बिर प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक समेत गर्‍यो । हुनत दुई नेताबीच सम्बाद हुनु स्वभाविकै हो र यस अघि पनि उहाँहरुबीच पछिल्ला दिनमा निरन्तर छलफल भइरहेको थियो ।

तर यसरी भेटेको फोटो भने कमै मात्र सार्वजनिक हुने गरेको थियो । तर सोमबारको फोटो भने प्रधानमन्त्रीको सचिवालयका प्राय सबै सदस्यहरुले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । यसरी भन्दा लाग्छ, यो तस्बिर अस्वाभाविक रुपमा नै सार्वजनिक भएको छ ।

भेटमा दुई नेताको तस्बिर मात्र देखिएपछि सम्बाद साक्षीका रुपमा प्रधानमन्त्री दाहालका स्वकिय सचिव तथा पुत्री गंगा दाहाल समेत साथमा रहनु भएको जनाइएको छ । भेटमा प्रधानमन्त्री दाहालले ओलीलाई बर्तमान गठबन्धनबाट नै सरकारको नेतृत्व गर्न आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले सरकारको काम कारबाहीका बारेमा निर्मम समिक्षा गर्न आफू तयार भएको भन्दै ओलीलाई साथ नछाड्न आग्रह गर्नुभएको स्रोतले जानकारी दियो । स्रोतका अनुसार प्रचण्डले पटक पटक बरु ओली नै प्रधानमन्त्री बन्नुस, यो गठबन्धन नतोडौँ, सँगै अघि बढौँ भनेर प्रस्ताब गर्नुभएको थियो । तर पनि ओलीले ठोस जबाफ भने दिनुभएन । बालुवाटर स्रोतले भन्यो प्रधानमन्त्रीज्यूको प्रस्तावमा ओलीले कुनै जवाफ दिनुभएन ।

१५ गते बालकोटमा भएको भेटमा देउवाले ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको खबर सार्वजनिक भएको थियो । त्यसमा ओलीले सकारात्मक जवाफ दिएर नै देउवा अघि बढ्नुभएको थियो । ओलीसँगको सम्वादपछि देउवाले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाउनु भयो ।

त्यस्तै कतार भ्रमणमा रहनु भएका महामन्त्री गगन थापालाई पनि भ्रमण छोट्याएर स्वदेश फर्कन भन्नुभयो । थापाले संविधानका केही बुँदाहरुका परिवर्तन आवश्यक रहेको र त्यसका लागि कांग्रेस एमालेबीच सहकार्य हुनुपर्ने दृष्टिकोण राख्दै आउनु भएको छ ।

कांग्रेसमा महामन्त्रीद्वय थापा र विश्वप्रकाशको लाइन भने प्रचण्ड छोड्नुपर्छ भन्ने थियो र छ । यसले पनि अबका समय सत्तामा परिवर्तनको संकेत गर्दछ । सम्भवत यो राजनीतिक परिवेश र विकासक्रमले अबका केही समयमै कांग्रेस र एमालेको सहयात्राको स्पष्ट संकेत गरेको छ ।