• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ?



एजेन्सी । शनिबार भारतले दोस्रो पटक टी–२० विश्वकप जित्यो । च्याम्पियन बन्नेबित्तिकै टोलीका तीन दिग्गजहरूले टी–२० अन्तर्राष्ट्रियलाई बिदाई गरे, जसमा कप्तान रोहित शर्मा, विराट कोहली र रवीन्द्र जडेजा समावेश छन् ।

यसैबीच भारतको भावी कप्तान को बन्ला भनेर चर्चा चल्न थालेको छ । यसै सन्दर्भमा यहाँ केही यस्ता खेलाडीहरुबारे चर्चा गरौं जो भारतको टी–२० कप्तान बन्न सक्नेछन् ।

१. हार्दिक पाण्ड्या


कप्तान बन्ने दावेदारको दौडमा हार्दिक पाण्ड्या सबैभन्दा अगाडि छन् । उनीसँग टी–२० अन्तर्राष्ट्रियमा १०० खेलको अनुभव छ, जुन अन्य कुनै दावेदारसँग छैन । पाण्ड्याले १६ टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतको कप्तानी गरेका छन्, जसमध्ये टोलीले १० खेल जितेको छ ।

हार्दिकले आफ्नो नेतृत्व कौशलले पहिलो सिजनमा गुजरात टाइटन्सलाई आईपीएल २०२२ को च्याम्पियन बनाए । २०२३ मा पनि आफूलाई प्रमाणित गर्दै टोलीलाई लगातार दोस्रो फाइनलमा पुर्याए, यद्यपि टोली उपविजेता बनेको थियो ।

पाण्ड्याले ५ वटा द्विपक्षीय शृङ्खलामा भारतीय टोलीको कप्तानी गरेका छन् । जसमध्ये भारतीय टोलीले ४ वटा जितेको छ । टोलीले एउटा मात्र शृङ्खलामा हार बेहोरेको थियो ।

२. ऋषभ पन्त


पन्त १८ महिनाअघि अस्पतालमा थिए र जीवन र मृत्युबीच लडिरहेका थिए, उनको कार दुर्घटना भएको थियो । त्यसपछि पन्त भारतको टी–२० विश्वकप विजेता टोलीको हिस्सा हुनेछन् भन्ने कसैले सोचेका थिएनन् ।

आफ्नो मिहिनेतको बलमा डेढ वर्षमै अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका यी २६ वर्षीय युवाले टी–२० विश्वकपमा पाकिस्तानविरुद्ध ४२ रनको इनिङ खेल्दै भारतलाई ११९ रनको स्कोरमा पुर्याएका थिए ।

ऋषभले टी–२० अन्तर्राष्ट्रियमा ७४ खेल खेलेर ११५८ रन बनाएका छन् । उनले ५ खेलमा भारतको कप्तानी गरेका थिए भने २ खेलमा जित हासिल गरेका थिए । एउटा अनिर्णित रह्यो ।

पन्तसँग आईपीएल खेलमा कप्तानी गर्ने राम्रो अनुभव छ । श्रेयसको चोटपछि उनी २०२१ मा दिल्ली क्यापिटल्सको कप्तान बने र टोलीलाई फाइनलमा पुर्याए ।

पन्तले विकेटको पछाडिबाट खेल चलाइरहन्छन् । उनीमा धोनी जस्ता गुण छन् । उनको कम उमेरका कारण बोर्डले पन्तलाई कप्तान बनाउन सक्छ, किनभने फ्यानहरुको भावना उनीसँग छ ।

३. सूर्यकुमार यादव


सूर्यकुमार यादवले आफ्नो बलियो प्रदर्शनका साथ टीम इन्डियाको कप्तान बन्ने दाबी गरिरहेका छन् । उनले ६८ खेलमा १६७.७४ को स्ट्राइक रेटमा २३४० रन बनाएका छन् । उनले आफ्नो कप्तानीमा शतक प्रहार गरेका छन् । सूर्यको कप्तानीमा भारतले ७ खेलमा ५ खेल जितेको छ । सूर्यले आफ्नो कप्तानीमा १६४.८३ को स्ट्राइक रेटमा ३०० रन बनाएका छन् ।

सूर्यले मुम्बई इन्डियन्सका खेलाडी हुनुको फाइदा लिन सक्छन् । भारतीय कप्तान रोहित शर्मा पनि मुम्बईका हुन् । मुम्बईका ४ खेलाडीले भारतीय टोलीको कप्तानी गरेका छन् ।

सूर्यकुमार यादवले बोर्डको विश्वास जितेका छन् । भारतीय बोर्डले उनलाई कप्तानका रूपमा ३ वटा असाइनमेन्ट दिएको छ र ती कुनैमा पनि उनी असफल भएका छैनन् । आफ्नै कप्तानीमा उनको रेकर्ड पनि राम्रो छ ।

४. जसप्रित बुमराह


जसप्रित बुमराहले ७० खेलमा ८९ विकेट लिएका छन् । उनको नाममा धेरै कीर्तिमान छन्, तर उनले भारतीय टोलीलाई २ खेलमा मात्रै कप्तानी गरेका छन् र दुवै खेल जितेका छन् । बुमराहले आफ्नो कप्तानीमा खेलेका २ खेलमा ४ विकेट मात्र लिन सकेका छन् ।

रोहित, कोहली र जडेजाको सन्यासपछि बुमराह सबैभन्दा सिनियर हुन् । त्यसैले बोर्डले बुमराहको नाममा विचार गर्न सक्छ ।