![](https://newspolar.com/wp-content/uploads/2024/05/RAW.00_11_53_18.Still010.png)
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । सभापति देउवाको निवास बूढानीलकण्ठमा केहीबेरअघि बैठक सुरु भएको हो ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र भावी रणनीतिमा छलफल भइरहेको बताइएको छ ।
देउवा–ओलीको बालकोट भेटपछि नयाँ सत्ता समीकरणको आशंकाबीच बोलाइएको कांग्रेसको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।