• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

प्रधानमन्त्रीद्वारा प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता उद्घाटन



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको संस्थागत विकासका लागि खेलकुद प्रतियोगिताका भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

प्रकाश दाहाल फाउन्डेसन र नेपाल बक्सिङ महासङ्घको संयुक्त आयोजनामा आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा सुरु भएको ‘प्रकाश दाहाल स्मृति चाँैथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै उहाँले प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले दिवङ्गत प्रकाश दाहालको जन्मजयन्तीको अवसर पारेर आयोजित प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताउनुभयो ।

प्रकाश दाहाल फाउन्डेसनकी अध्यक्ष विना मगरले यस प्रतियोगिताबाट राष्ट्रिय खेलाडी निर्माणमा सहयोग पुग्ने भन्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक महिला र पुरुषलाई सम्मानस्वरुप एक थान मोटरसाइकल प्रदान गरिने बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले दिवङ्गत प्रकाश दाहालले देशको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै यस किसिमको प्रतियोगिताले बक्सिङ खेलबाट राष्ट्रिय टोलीको निर्माण गर्न योगदान पुग्ने बताउनुभयो ।

आजदेखि सुरु भएको उक्त प्रतियोगितामा महिला तथा पुरुष गरी दुई सय खेलाडी प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिता यही असार २१ गतेसम्म सञ्चालन हुनेछ ।