• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   प्रेम आले भन्छन् – हैसियत र पिँध नभएको लोटाजस्तो पार्टीको कुनै काम छैन ★   पुरानो सरकार कहिले बिदा हुने यत्तिकै भन्न सकिँदैन: अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिनुहुने ★   विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौं: प्रधानमन्त्री ★   मलेसियाको क्वालालम्पुर विमानस्थलमा ग्यास चुहावट हुँदा ३९ जना बिरामी ★   धनुषाको गोविन्दपुरमा लिच्छविकालीन अवशेष फेला ★   क्यानले सन्दीपलाई सेन्ट्रल कन्ट्राक्टमा राख्यो ★   चक्कु देखाई लघुवित्तको रकम लुटपाट गर्ने दुईजना पक्राउ ★   सेराप विष्ट गाउँ फर्के रे ! ★   राष्ट्रिय सभाबाट बजेट सर्वसम्मतिले पारित

आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु: भुवन केसी



काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनुभएको छ ।

आईतवार नेपाल चलचित्र बोर्डको २४ औं वाषिकोत्सव समारोहमा बोल्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले आफू बोर्डको नेतृत्वमा अन्तिम चरणमा रहेको भन्दै बोर्डमा नरहे पनि नेपाली चलचित्र क्षेत्रको हक हितका लागि सदैव समर्पित रहने बताउनु भयो ।

उहाँले चलचित्र ऐन छिटो भन्दा छिटो पारित गर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा बोर्डले प्रविधिलाई सँगै लिएर गएको बताउनु भयो । उहाँले चलचित्रकर्मीहरुको क्युआरकोर्ड निर्माण, वाकीटकीको प्रयोग, सञ्चार तथा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको र चलचित्र छायाङ्कन स्टुडियो निर्माण प्रक्रिया अघि बढेको बतउनु भयो । आफ्नो कार्यकालमा चलचित्रकर्मीहरुको अभिलेख राख्ने कार्य शुरु गरेको र बक्स अफिस प्रणालीको स्तरोन्नति गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म बोर्डको नेतृत्वको अन्तिम चरणमा छु, म बोर्डमा नरहे पनि नेपाली चलचित्र क्षेत्रको हक हितका लागि सदैव समर्पित रहने नै छु । आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रयत्न गर्नेछु । चलचित्र ऐन मन्त्रीज्यु र सचिवज्युकै पालामा पास हुन्छ भन्नेमा म विश्वस्त छु । मेरो कार्यकालमा बोर्डले प्रविधिलाई सँगै लिएर गएको छ । चलचित्रकर्मीहरुको क्युआरकोर्ड निर्माण, वाकीटकीको प्रयोग, सञ्चार तथा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको छु । चलचित्र छायाङ्कन स्टुडियो निर्माण प्रक्रिया अघि बढेको छ । चलचित्रकर्मीहरुको अभिलेख राख्ने कार्य शुरु गरेको छु । बक्स अफिस प्रणालीको स्तरोन्नति गरिएको छ ।’

अध्यक्ष केसीले चलचित्र ऐनको मस्यौदा मन्त्रालय पठाइसकेको पनि जानकारी दिनुभयो ।