८ श्रावण २०८३, शुक्रबार
,
Latest
चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’ सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । इंग्लयाण्ड युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्लोभाकियामाथि २–१ गोलको रोमाञ्चक जित निकाल्दै इंग्ल्याण्ड अन्तिम आठमा पुगेको हो ।

१ गोलले पछि परेको अवस्थामा इंग्ल्याण्डले पुनरागमन गर्दै जित निकालेको हो । खेलको २५ औं मिनेटमा इभान सारान्जले गोल गर्दै स्लोभाकियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, खेलको ९१ औं मिनेटमा जुड बेलिङहमले र इन्जुरी समयमा ९०+५ औं मिनेटमा ह्यारी केनले गोल गर्दै इंल्याण्डलाई रोमाञ्चक जित दिलाए ।

अब इंग्ल्याण्डले क्वाटरफाइनलमा स्वीट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।