४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने



अ+ अ-

काठमाडौं । भारतीय क्रीकेट कन्ट्रोल बोर्ड बीसीसीआईले टी–२० विश्वकप विजेता भारतीय क्रिकेट टोलीलाई १२५ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

बीसीसीआई सचिव जय शाहले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै यो जानकारी दिएका हुन् ।

बार्बाडोसमा शनिबार भएको टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

भारतीय टोलीले १७ वर्षपछि यो उपाधि जितेको हो । टी–२० विश्वकप विजेता भारतीय टोलीले आईसीसीबाट करिब २० करोड भारतीय रुपैयाँ पुरस्कार पाएको छ ।