३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सरकारले विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेको बताउनुभएको छ ।

आईतवार सिंहदरबारस्थित मन्त्रालयमा विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसाय गर्ने उद्यमीहरुलाई सम्मान कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले रोजगारी सिर्जना र श्रमको खोजी गर्ने नागरिकहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न विभिन्न कार्यक्रममार्फत काम गरिरहेको बताउनु भयो । उहाँले विदेशबाट स्वदेश फर्किएका युवाहरुलाई स्वदेशमा नै रोक्न आवश्यक रहेकाले सरकारले विभिन्न योजना बनाउने र छलफल गरिरहेको बताउनु भयो । उहाँले इजरायल लगायत विभिन्न देशबाट स्वदेश फर्किएर व्यवसाय गर्ने उदमीहरुलाई बधाई तथा शुभकामना दिनुभयो । उहाँले इजरायलबाट फर्किएर नेपालमा व्यवसाय गर्नहरुले विदेशमा बसिरहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्कने वातावरण र फर्किएपछि मुलुकभित्रै केही गर्न सकिन्छ भन्ने महत्वपूर्ण सन्देश दिएको बताउनु भयो । उहाँले स्वदेशमा हुने नागरिकहरु श्रमको खोजिमा रहेका र विदेशमा बस्नेहरुलाई स्वदेशमा फर्किएर केही गर्न सकिन्छ भन्ने सन्देश गएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले इजरायल लगायत विभिन्न देशबाट स्वदेश फर्किएर व्यवसाय गर्दै हुनुहुन्छ । सरकारले यो भन्दा अगाडि छलफल गरी रहेका छौं । विदेशबाट फर्केका नेपाली नागरिक फेरि विदेश फर्कनुनपर्ने गरी योजना बनाइरहेको छ । यो देशको लागि केही गरौं भनेर बहस छलफल गरिरहेका छौं । इजरायलबाट फर्किएर नेपालमा व्यवसाय गर्नहरुले विदेशमा बसिरहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्कने वातावरण र फर्किएपछि मुलुकभित्रै केही गर्नसक्छांैं । भन्ने महत्वपूर्ण सन्देश दिइरहनुभएको छ । स्वदेशमा हुने नागरिकहरु श्रमको खोजिमा हुनुहुन्छ । विदेशमा बस्नेहरुलाई स्वदेशमा फर्किएर केही गर्न सकिन्छ भन्ने सन्देश गएको छ ।’

सरकारले इजरायलबाट फर्किएर मुलुकको विभिन्न ठाँउमा उद्यम गर्ने ८ जनालाई सम्मान गरेको छ ।