१७ श्रावण २०८३, आईतवार
,
Latest
झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी पशुपतिनाथ महा–महोत्सव २०८३: दैनिक धार्मिक कार्यक्रमले बढायो आध्यात्मिक माहोल आन्तरिक पर्यटन व्यवस्थापन र उच्च उचाइको जोखिम न्यूनीकरणमा जोड : मन्त्री रिमाल नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार ब्रड पिक हिम पहिरो : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनेबारे इप्पानको
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा पर्याेः सभापति लामिछाने



तस्बिर: हरिराम भेटुवाल/रासस
अ+ अ-

काठमाडौँ । उपप्रधनमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा परेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुक अफ्ठ्यारोमा छ भन्नेकुरा २००७ सादेखि भन्दै आएको भन्दै मुलुक कहिल्यै पनि अनुकुलतामा नहुने कुरा स्पष्ट भएको बताउनु भयो । उहाँले मुलुक अफ्ठ्यारो जनता, किसानले नभइ नेतृत्वले नै पारेको जिकिर गर्नुभयो । उहाँले नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै हुन नसकेको बताउनु भयो । उहाँले लोकतन्त्र खतरामा भए नेताहरुले चिन्ता गर्नेकुरा नरहेको र जनताले लोकतन्त्र बचाइदिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुलुक त सधैँ खतरामा हुने रहेछ । परिस्थिति त कहिल्यै अनुकुल हुने रहेनछ । सधैँ अफ्ठयारो पर्ने रहेछ । त्यो अफ्ठ्यारो के नेपाली जनताले पारेका हुन् । किसान, मजदुरले, काम गरेर खाने मान्छेहरुले कसले अफ्ठ्यारोमा पार्यो ? म यहाँहरुलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु । जब आम जनता र नेतृत्वको प्राथमिकतामा फरक आउँछ । त्यतिबेला मुलुक जहिले पनि अफ्ठ्यारोमा पर्छ ।

नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै भएन । अलग अलग भयो । लोकतन्त्र हामीले चिन्ता गर्ने विषय भयो । चिन्ता गर्नुपर्दैन । लोकतन्त्र खतरामा भए जोगाइदिने कार्यकर्ता छन्, जनता छन् । नेताहरुले चिन्ता गर्नुपर्दैन । नेताहरुले साँच्चिकै चिन्ता गर्ने हो भने नेतृत्व वर्गले विभिन्न सम्झौताहरुमा हस्ताक्षर गरेको सुनेका छौँ । के आजसम्म नेतृत्वले ठूला विश्वविद्यालय बनेनन् कसरी बनेनन् आउनुस् यसमा छलफल गरौँ भनेर सर्वदलीय बैठक बोलाएको सुनाएका छौँ ।’

उहाँले नेताहरुले देश बनाउने कुरामा चिन्ता गर्न आवश्यक रहेको बताउनु भयो ।