१७ श्रावण २०८३, आईतवार
,
Latest
झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी पशुपतिनाथ महा–महोत्सव २०८३: दैनिक धार्मिक कार्यक्रमले बढायो आध्यात्मिक माहोल आन्तरिक पर्यटन व्यवस्थापन र उच्च उचाइको जोखिम न्यूनीकरणमा जोड : मन्त्री रिमाल नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार ब्रड पिक हिम पहिरो : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनेबारे इप्पानको
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको राजनीतिक अवस्था जटिल मोडमा छः अध्यक्ष श्रेष्ठ



तस्बिर: हरिराम भेटुवाल/ रासस
अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीर्की अध्यक्ष रञ्जिता श्रेष्ठले नेपालको राजनीतिक अवस्था जटिल मोडमा रहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दलहरुले जनताको आवाजलाई प्रतिनिधित्व गर्दै उनीहरुको आवश्यकता र आकांक्षालाई पूरा गर्नु रहेको बताउनु भयो । उहाँले देशलाई समृद्ध र स्थायित्वको मार्गमा डोर्याउन राजनीतिक दलले नै भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । उहाँले नेकपा एकीकृत समाजवादी पार्टीले यस दिशामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनु भयो । उहाँले नागरिक उन्मुक्ति पार्टीले नागरिकको अधिकार र न्यायको लागि समान प्रतिवद्धता राखेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दलहरुले जनताको आवाजलाई प्रतिनिधित्व गर्दै उनीहरुको आवश्यकता र आकांक्षालाई पूरा गर्दै देशलाई समृद्ध र स्थायित्वको मार्गमा डोर्याउन सक्नुपर्छ । नेकपा एकीकृत समाजवादी पार्टीले यस दिशामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । हामीले पनि नागरिक उन्मुक्ति पार्टीको तर्फबाट नागरिकको अधिकार र न्यायको लागि समान प्रतिवद्धता राखेका छौँ । देशमा तमाम राजनीतिक दलहरुले राष्ट्रको विकास र समृद्धिका लागि आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान दिएका छन् । यद्यपि दुःखका साथ भन्नुपर्छ, नेपालको राजनीतिक अवस्था जटिल मोडमा रहेको छ ।’

अध्यक्ष श्रेष्ठले राजनीतिक अस्थिरता, आर्थिक असमानता, सामाजिक विभाजनले देशको विकास प्रक्रियामा अवरोध पुर्याइरहेको बताउनु भयो ।