१७ श्रावण २०८३, आईतवार
,
Latest
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता प्रदेशका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी पशुपतिनाथ महा–महोत्सव २०८३: दैनिक धार्मिक कार्यक्रमले बढायो आध्यात्मिक माहोल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गयोः अध्यक्ष यादव



तस्बिर: हरिराम भेटुवाल/रासस
अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक जटिल अवस्थामा रहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गएको बताउनु भयो । उहाँले लोकतान्त्रिक संस्थाहरु बिस्तारै प्रभावहीन हुँदै गएको बतउनु भयो ।

उहाँले लोकतन्त्र भनेको जनताको शासन रहेको उल्लेख गर्दै दलको शासन दलतन्त्र र नेताको शासन नेतातन्त्र हुँदै स्वेच्छारी तन्त्रमा नेपालको लोकतन्त्र बदलिँदै गएको बताउनु भयो । उहाँले नेपालको शिक्षा प्राणली ध्वस्त भएको प्रमाणित भएको बताउनु भयो । उहाँले राजनीति बद्नाम भइरहेको बताउनु भयो । सरकार जनताका समस्या समाधानका लागि भन्नेकुरा हुन छोडिसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले वास्तवमा भन्ने हो भने मुलुक जटिल अवस्थामा छ । जुन अहिले संघीय, लोकतान्त्रिक गणतन्त्र ठूलो दुर्घटनाबाट जोगाएका छौँ । यसमा कमरेड माधवजी र यहाँको पार्टी पछि निर्माण हुँदै गएको हो, त्यो बेलामँ ठूलो योगदान छ । जुन बेला संसदलाई असंवैधानिक तरिकाले दुई दुई पटक भंग गरेर मुलुकलाई स्वेच्छारी शासनतर्फ धकेलिँदै गरिएको थियो । त्यो बेलामा लोकतन्त्र रक्षा गर्न, प्राप्त अधिकार जोगाउन, प्राप्त उपलब्धि संस्थागत गर्न आवश्यक थियो । त्यो आवश्यक परेको बेलामा यहाँहरुले बिद्रोह गर्नुभयो । र आज संघीय गणतन्त्रको रक्षा भयो । यो ऐतिहासिक आवश्यकता थियो ।’

अध्यक्ष यादवले आज पनि लोकतन्त्र बिस्तारै कमजोर भइरहेको बताउनु भयो । अहिले लोकतन्त्रको खतरा राजनीतिक दलहरु भित्रबाट नै रहेको बताएनु भयो ।