• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीसँग प्रधानमन्त्री मोदीको भेट ★   सहकारीसम्बन्धी संसदीय समितिको बैठक: शुक्रबार गृहसचिव र प्रहरी महानिरीक्षकसंग छलफल गर्ने ★   राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ: मन्त्री श्रेष्ठ ★   बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल ★   एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत: सबै मन्त्रालय कार्यभार प्रधानमन्त्री प्रचण्डलाई ★   मनसुन भित्रिएको २५ दिनमा नेपालमा ४५ जनाको मृत्यु, ८ करोड बढीको क्षति ★   अनन्त–राधिकाको विवाह समारोहमा प्रस्तुति दिन मुम्बई आईपुगे जस्टिन बिबर ★   बाढी प्रभावित भन्छन्: ‘अब हाम्रा दु:खका दिन सुरु भए’ ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने ★   नेता/कार्यकर्ताको सुझावअनुसार सर्वसहमतिबाट नेतृत्व चयन हुन्छ: सचिव श्रेष्ठ

कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गयोः अध्यक्ष यादव



तस्बिर: हरिराम भेटुवाल/रासस

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक जटिल अवस्थामा रहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गएको बताउनु भयो । उहाँले लोकतान्त्रिक संस्थाहरु बिस्तारै प्रभावहीन हुँदै गएको बतउनु भयो ।

उहाँले लोकतन्त्र भनेको जनताको शासन रहेको उल्लेख गर्दै दलको शासन दलतन्त्र र नेताको शासन नेतातन्त्र हुँदै स्वेच्छारी तन्त्रमा नेपालको लोकतन्त्र बदलिँदै गएको बताउनु भयो । उहाँले नेपालको शिक्षा प्राणली ध्वस्त भएको प्रमाणित भएको बताउनु भयो । उहाँले राजनीति बद्नाम भइरहेको बताउनु भयो । सरकार जनताका समस्या समाधानका लागि भन्नेकुरा हुन छोडिसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले वास्तवमा भन्ने हो भने मुलुक जटिल अवस्थामा छ । जुन अहिले संघीय, लोकतान्त्रिक गणतन्त्र ठूलो दुर्घटनाबाट जोगाएका छौँ । यसमा कमरेड माधवजी र यहाँको पार्टी पछि निर्माण हुँदै गएको हो, त्यो बेलामँ ठूलो योगदान छ । जुन बेला संसदलाई असंवैधानिक तरिकाले दुई दुई पटक भंग गरेर मुलुकलाई स्वेच्छारी शासनतर्फ धकेलिँदै गरिएको थियो । त्यो बेलामा लोकतन्त्र रक्षा गर्न, प्राप्त अधिकार जोगाउन, प्राप्त उपलब्धि संस्थागत गर्न आवश्यक थियो । त्यो आवश्यक परेको बेलामा यहाँहरुले बिद्रोह गर्नुभयो । र आज संघीय गणतन्त्रको रक्षा भयो । यो ऐतिहासिक आवश्यकता थियो ।’

अध्यक्ष यादवले आज पनि लोकतन्त्र बिस्तारै कमजोर भइरहेको बताउनु भयो । अहिले लोकतन्त्रको खतरा राजनीतिक दलहरु भित्रबाट नै रहेको बताएनु भयो ।