२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद कानून बनाउने थलो मात्रै नभइ राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र हो: सभामुख घिमिरे



photo:RSS
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद कानून बनाउने थलो मात्रै नभइ राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र भएको बताउनुभएको छ ।

आईतवार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदलाई विधायन निर्माण गर्ने ठाउँ मात्रैका रुपमा बुझ्न नहुने बताउनु भयो । संसदको कुटनीतिले मात्रै जनताका भावनाहरु एक ठाउँमा ल्याउन सकिने बताउनु भयो । उहाँले संसदीय कुटनीतिले देशलाई ठिक दिशामा लैजान महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

उहाँले सरकार पनि संसदबाटै निर्देशित हुने भन्दै संसदले लिने अठोट र भुमिकाले नै देशलाई ठिक दिशामा चलाउन सकिने बताउनु भयो । उहाँले संसदले जनताको हृदयमा संसदीय कुटनीतिलाई स्थापित गर्नेगरी व्यवहारत: काम गर्नसक्छ की सक्दैन ? भन्नेकुरा नै अहिलेको मननयोग्य कुरा रहेको बताउनु भयो । उहाँले अहिले संसदले २०१५ सालको निर्वाचनको परिणामदेखि संसदले खेलेका भुमिकालाई अर्काइभ गर्ने, डिजिटलाइज गर्ने कामहरु गरिसकोको बताउनु भयो । उहाँले २००७ सालदेखि बनेका कानूनहरु अहिलेको प्रविधिअन्तर्गत डिजिटलाइज गर्ने, अर्काइभ गर्ने र सुरक्षित गर्ने काममा संसद लागिपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसद एउटा विधायन निर्माण गर्ने ठाउँ मात्रै, कानून बनाउने थलो मात्रै होइन राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र हो । राष्ट्र निर्माण गर्नको लागि, यसैबाट सरकार पनि गाइड हुन्छ । निर्देशित हुन्छ र सरकार यसको आधारमा चल्नुपर्छ । किनभने बहुमतले सरकार बनाउँछ । त्यसैगरी यसले कस्तो अठोट लिन्छ । कस्तो दिशा लिन्छ, त्यसले नै समाज कता जान्छ भन्नेकुरा निर्धारण हुन्छ र संसद कति स्थापित भएर जान्छ । जनताको हृदयमा यसलाई स्थापित गर्नेगरी व्यवहारत: काम गर्न सक्छ की सक्दैन ? यो कुरामा सोचेर प्रत्येकले भुमिका निर्वाह गर्नु आजको आवश्यकता हो । यसमा पनि दलीय व्यवस्थाअन्तर्गतको हाम्रो संसद छ । हामी निर्वाचित सांसदहरु समावेशिताको सिद्धान्तको आधारमा विभिन्न ढंगबाट आएपनि मुलत: दलीय आधारमा हामी आएका छाँै । यही थोरै तिनैमात्रै हामी स्वतन्त्र ढंगले आएपनि, आम रुपबाट दलीय आधारमा छौँ । दलको व्यवहारप्रतिको चिन्ता कस्तो छ । सांसदको भुमिकालाई कानून निर्माणमा होस्, सरकार निर्माणमा होस् वा संसदले बनाएको कानूनको आधारमा सरकार सञ्चालन गर्ने रुपमा होस् ।’

सभामुख घिमिरेले अहिले संसदलाई प्रभावकारी बनाउने, नेपालको कुटनीतिलाई ठिक ढंगबाट निक्र्यौल गर्ने, विश्वव्यापी रुपमा कुटनीतिक व्यवहार प्रयोग गरी नेपाललाई अघि बढाउने कुरामा केन्द्रित भएको बताउनु भयो ।