७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरो कपको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौं । आयोजक जर्मनी युरो २०२४ फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा डेनमार्कलाई २-० गोलले हराउँदै अन्तिम ८ मा पुगेको हो ।

तीन पटकको युरो कप विजेता जर्मनीलाई जित दिलाउन खेलको ५३ औं मिनेटमा काइ हाभेट्र्जले (पेनाल्टी)मा र ६८ औं मिनेटमा जमाल मुसियालाले गोल गरे ।

पराजित डेनमार्कको भने प्रतियोगिताको यात्रा यसै हारबाट सकिएको छ ।