१७ श्रावण २०८३, आईतवार
,
Latest
ब्रड पिक हिम पहिरो : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनेबारे इप्पानको काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न ‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त नयाँ पुस्ताले अग्रजको योगदान र इतिहासको सम्मान गर्न नसक्नु लज्जास्पदः पूर्वप्रधानमन्त्री नेपाल श्रावण २४ मा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने विविधताबीचको एकता नै राष्ट्रिय एकताको आधार: पूर्व राष्ट्रपति भण्डारी चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व निर्माण हुने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठिक दिशातिर अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेताहरुको बीचमा कहीँ पनि ठूलो समस्या नरहेको बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीका नेताहरुको बीचमा बहस हुनु ठूलो कुरा नभएको पनि बताउनु भयो । उहाँले सहमति हुनै नसके लोकतान्त्रिक पद्धतिबाट नेतृत्व निर्माण हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले आउने महाधिवेशनबाट निर्माण गरेको नेतृत्व सर्वसम्मत हुनेगरी निर्माण गरौँ । त्यो सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठिक दिशातिर अघि बढाउँछ । हामी नेताहरुको बीचमा कहीँ पनि त्यस्तो ठूलो समस्या छैन । हामी कहिले कहीँ बहस गर्दछौँ । कम्युनिष्ट पार्टीका नेताहरुको बीचमा बहस हुनु भनेको कुनै ठूलो कुरा होइन । हामीले यो महाधिवेशन भित्रबाट पनि मन्थन गरेर व्यापक दस्ताबेजहरुको संश्लेषण गरेर आफ्नो निस्कर्ष निकाल्छौँ । अब केही गर्दा भएन, हाम्रो बीचमा केही गर्दा पनि मिलेन, मिल्दै नमिलेपछि हामीले लोकतन्त्रको बाटो लिनुपर्छ की पर्दैन ? लोकतन्त्रातिक विधिबाट हामी नेतृत्व निर्माण गर्नेछौँ ।’

सम्मानित नेता खनालले विचार र व्यवस्थापनको सन्तुलन मिलाएर पार्टी अघि बढ्ने बताउनु भयो । उहाँले नेकपा (एकीकृत समाजवादी) को नीति नेकपा (एकीकृत समाजवादी) कै नेतृत्वमा निर्माण हुने बताउनु भयो ।