१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङ लागेर महिलाको मृत्यु



अ+ अ-

बरहथवा । सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएकी बागमती नगरपालिका–१ की ६४ वर्षीया गोमा आले मगरको उपचारका क्रममा मृत्यु भएको हो ।

आज बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा मगर चट्याङ लागेर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा पर्साको वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच, चट्याङबाट लालबन्दी नगरपालिका–१७ गैरी टोलका मङ्गल कामीको घरमा क्षति पुगेको छ । यस्तै बुधबार परेको चट्याङबाट ईश्वरपुर नगरपालिका–१३ र १६ का ६ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । रासस