• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

मन्त्रिपरिषद् विस्तार रोक्न माग गर्दै सर्वोच्चमा रिट



काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलिविरुद्ध सर्वोच्च अदालतमा अर्को रिट दर्ता भएको छ।  प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्नुपर्ने माग गर्दै अर्को रिट परेको हो । 
 
अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले रिट दर्ता गरेका छन् । उक्त रिट निवेदनको पेसी पुस १५ गतेलाई तोकिएको छ ।

प्रधानमन्त्रीले संसद विघटन गरेपछि प्रचण्ड-नेपाल समूहका मन्त्रीले राजीनामा दिएका थिए। त्यसपछि रिक्त पदमा प्रधानमन्त्रीले पुस १० मन्त्री थपेका थिए।

प्रतिनिधिसभा नभएको अवस्थामा संविधानभन्दा बाहिर गरिएको मन्त्रिपरिषद् तत्काल बदर गर्न रिटमा माग गरिएको छ।  काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलिविरुद्ध सर्वोच्च अदालतमा अर्को रिट दर्ता भएको छ।  प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्नुपर्ने माग गर्दै अर्को रिट परेको हो । 
 
अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले रिट दर्ता गरेका छन् । उक्त रिट निवेदनको पेसी पुस १५ गतेलाई तोकिएको छ ।

प्रधानमन्त्रीले संसद विघटन गरेपछि प्रचण्ड-नेपाल समूहका मन्त्रीले राजीनामा दिएका थिए। त्यसपछि रिक्त पदमा प्रधानमन्त्रीले पुस १० मन्त्री थपेका थिए।

प्रतिनिधिसभा नभएको अवस्थामा संविधानभन्दा बाहिर गरिएको मन्त्रिपरिषद् तत्काल बदर गर्न रिटमा माग गरिएको छ।