१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

रविको प्रश्न- सहकारीको पैसा ल्याउन मेरो भूमिका थिएन, समितिले पनि देखिएन भन्यो त किन स्वीकार्न गाह्रो भयो ?

रविको प्रश्न- सहकारीको पैसा ल्याउन मेरो भूमिका थिएन, समितिले पनि देखिएन भन्यो त किन स्वीकार्न गाह्रो भयो ?
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय समितिले दिएको निश्कर्षमा कतिपयलाई चित्त नबुझेको बताउनु भएको छ ।

आज बाट सुरु भएको केन्द्रीय परिषदको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दे सभापति लामिछानेले उनीहरुले चाहेअनुसार संसदीय समितिले प्रतिवेदन नदिएका कारण स्वीकार गर्न कठिन भएको बताउनु भयो ।

उहाँले भन्नुभयो -सहकारीको पैसा ल्याउन मेरो भूमिका थिएन, समितिले पनि देखिएन भन्यो त किन स्वीकार्न गाह्रो भयो ? उहाँले भन्नुभयो यो देशको पत्रकारिता जोगाउनुस्। मलाई नंग्याउने स्वर्थामा आफू ननांगिनुस्। पत्रकारिता यति निर्लज्ज हुनु हुँदैन।

भेलालाई सम्बोधन गर्दे उहाँले सहकारीबाट अब गोरखा मिडियातिर कुरा मोड्ने प्रयास भएको बताउनु भयो । उहाँले भन्नुभयो ‘गलत नगर्दा जता मोडियोस् के मतलब ? केही साथीहरुले ‘प्रमाण छ–प्रमाण छ’ भन्दै थिए। त्यो होइन रहेछ, उनीहरुले त ‘प्रणाम छ–प्रणाम छ’ भनेका पो रै’छन्।

उहाँले भन्नुभयो -हाम्रो हस्तक्षेप नागरिकको अवस्था परिवर्तनका लागि हो, कसैलाई आक्षेप लगाउन होइन। तर, राजनीतिकको नाममा मौलाएका विकृति–विसंगतिको विरोध गर्दा कसैलाई आक्षेप लाग्छ भने हामीलाई के भन्नु। हाम्रो आगमन नै अरुका लागि टाउको दुखाइको विषय बन्यो। हामीले बहुमत नल्याउँदासम्म उहाँहरुको टाउको दुखिरहन्छ।

रास्वपा सकियो भन्ने पनि छन् भन्दै उहाँले भन्नुभयो ‘तर, त्यो हामीविरुद्ध गरिएको कुप्रचार हो। सदनमा हेर्नुस्, छोटो समयको सरकारमा रहँदाको काम हेनुस्। दुई ठूला दल हाम्रै कारणले सरकार बनाउन मिल्नुपर्ने बाध्यतामा पुगे भने हामी कसरी सिकियौं ? हामी त फैदलै छौं।’

२०७९ को चुनाव २०८४ मा चुनाव लड्न हामीले दिएको निम्ता कार्ड थियो। निम्ता दिँदा त राष्ट्रिय पार्टी बन्यौं भने चुनावै लड्दा त के होला भन्दै लामिछानेले प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो- रवि लामिछानेलाई लडाउन सके रास्वपा सकिन्छ भन्ने लागेको होला। रवि नभए पनि रास्वपा अब अभियानका रुपमा अगाडि बढ्छ। घण्टी चुनाव चिन्ह मतपत्रमा कहिल्यै नमेटिने गरी बसिसक्यो, कसले हटाउन सक्छ ? रास्वपालाई हराउने, लडाउने भनेको चुनावमा मात्रै हो, विरोधीले सक्दो तयारी गरुन्।

उहाँले भन्नुभयो -दुई दल मिलेर दुई तिहाईको सरकार बनाउनु भएको छ, जनताको पक्षमा काम गरेर हाम्रो आवश्यकता र औचित्यलाई गलत सावित गरिदिनुस्।

लामिछानेले भन्नुभयो -बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं। भित्रबाट प्रहार नगर्नुस्। हामी लड्यौं भने आफ्नै खुट्टामा अल्झिएर लड्छौं।

सिंहदरबारको सेटिङ बुझेर भत्काउन सरकारमा गएका थियौं। सक्दो गर्‍यौं पनि। सरकारमा रहँदा चार महिनामा समाएका भुरा माछा गनेर बस्दिन। समात्नुपर्ने ठूला माछा धेरै छन्, ढिलो–चाँडो तिनलाई रास्वपाले नै ठेगान लगाउने उहाँले दाबी गर्नुभयो ।