२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेरामक्स प्रविधिले कल बाइपास गरेर वार्षिक रुपमा हुने २५ अर्ब घोटाला रोकेको छ: सांसद बस्नेत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स भित्राएर कल बाइपास गरेर हुने गरेको अर्बौं रुपैयाँ घोटाला रोकेको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले आफूले कल बाइपास गरेर अर्बौं रुपैयाँ घोटाला हुने गरेको कुरालाई रोक्न टेरामक्स प्रविधि भित्र्याएको बताउनुभएको हो ।

उहाँले टेरामक्स भिओआईपी प्रकरणलाई रोक्ने विधि भएको बताउनु भयो । उहाँले कल बाइपास गरेर वार्षिक रुपमा २५ अर्ब घोटाला हुने गरेकोमा टेरामक्स प्रविधिपछि सो घोटाला रोकिएको बताउनु भयो । उहाँले आफूले आँट गरेर सो विधिको शुरुवात गरेको बताउनु भयो । उहाँले आफूलाई यस प्रकरणमा मुछिएको भन्दै उचित समयमा आफूले बोल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘टेरामक्समा ३ जना सांसदहरुको नाम मुछिएको छ । यसको बारेमा कुरा उठाउने गरेका छन् बेलाबेलामा । एकदम कलिला, कलिला ओठ निचरे दुध आउने माननीयज्युहरुदेखि लिएर दाह्री जुँगा फुलेकासम्म सबैले यो कुरा उठाइरहनुभएको छ । उचित दिन आएछ भने म यसको जवाफ दिनेछु । यति कुरा म सदनमा राख्न चाहन्छु, टेरामक्स एउटा यस्तो विधि हो, जसले टेलिफोनमा कल बाइपास गरेर खाने धन्दा भिओआइपी प्रकरणलाई नियन्त्रण गर्छ, संसारभरी यही विधिले नियन्त्रण गरेको छ र ठगि गर्ने धन्दा भएको छैन ।’

‘नेपालमात्रै एउटा यस्तो देश हो जहाँ कल बाइपास गरेर वर्षको २५ अर्ब भन्दा बढी राजश्व घोटाला नेपालमा भएको छ । यदि यो टेरामक्स भन्ने विधि कल बाइपास गरेर खाने भिओआईपी प्रकरणलाई रोक्ने विधि होइन भने विधि के हो त ? संसारभरी विधि हुने यहाँचाहीँ विधि नहुने के हो त ? मैले आँट गरेर यो विधि सुरुवात गर्न खोजेको हुँ । २५ अर्ब बार्षिक घोटाला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायलाई ढाकछोप गर्ने, थेग्ने अथवा डाइर्भट गर्न खोजेको हो यो भविष्यले बताउला । टेरामक्स नेपालमा अर्बौ रुपैयाँ राजश्व जोगाउने मन्त्र हो । फर्मुला हो । यो नभएसम्म कल बाइपास गरेर खाने काम भइरहन्छ ।’

सांसद बस्नेतले एनसेल कालोबजारी गर्ने ठूलो संस्था भएको पनि बताउनु भयो ।