८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

इन्जिनियरिङतर्फ विद्यार्थीको आकर्षण बढाउन शिक्षामन्त्रीद्वारा छलफल

इन्जिनियरिङतर्फ विद्यार्थीको आकर्षण बढाउन शिक्षामन्त्रीद्वारा छलफल
फाइल फोटो
अ+ अ-

काठमाडौँ।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले इन्जिनियरिङ शिक्षाको प्रवर्द्धन गर्दै यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति, इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ)का डिन तथा इन्जिनियरिङ कलेजहरूको छाता सङ्गठन (एकोन) त्रिवि विभागका पदाधिकारीसँग छलफल गर्नुभएको हो ।

छलफलमा त्रिविका उपकुलपति प्रा डा भोला थापा, संस्थानका डिन प्रा डा सुशीलबहादुर बज्राचार्य, एकोन त्रिवि विभागका संयोजक धनप्रसाद पौडेललगायत पदाधिकारी र मन्त्रालयका उच्च अधिकारीबीच छलफल भएको हो ।

मन्त्री पोखरेलले इन्जिनियरिङ शिक्षाप्रति विद्यार्थीको आकर्षण बढाउन तथा अध्ययनपछि उनीहरूलाई मुलुकभित्रै अवसर सृजना गर्ने गरी ठोस कार्ययोजना बनाएर अघि बढ्न सरोकार भएका निकायलाई आग्रह गर्नुभएको छ । उहाँले नेपालमा इन्जिनियरिङ शिक्षा प्रवर्द्धन तथा गुणस्तर अभिवृद्धिका लागि परीक्षण प्रणालीमा सुधारदेखि नीतिगत व्यवस्थापनमा मन्त्रालयले योजनाबद्ध काम गर्ने स्पष्ट पार्नुभयो ।

त्रिविका उपकुलपति प्रा डा थापाले विश्वविद्यालयको शैक्षिक गुणस्तर उकास्न, इन्जिनियरिङ अध्ययनलाई व्यवस्थित र प्रभावकारी बनाएर विद्यार्थीलाई आकर्षण गर्नेगरी गुणस्तरीय शिक्षामा जोड दिन इन्जिनियरिङ अध्यापन गराउने कलेजहरूलाई आग्रह गर्नुभयो । शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले इन्जिनियरिङ शिक्षामा विद्यार्थी आकर्षणका लागि प्रभावकारी शैक्षिक कार्यक्रम लागू गर्न आग्रह गर्नुभयो ।

शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखा प्रमुख एवं सहसचिव श्रीप्रसाद भट्टराईले विश्वविद्यालय अनुदान आयोगको मापदण्डअनुसार शैक्षिक गुणस्तरलाई ध्यान दिएर संस्थानअन्तर्गतका इन्जिनियरिङ कलेजमा विद्यार्थी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले इन्जिनियरिङ शिक्षाको गुणस्तर सुधारमा ध्यान दिने र शिक्षामा सबैको पहुँच विस्तार गर्नेगरी काम गरिरहेको उल्लेख गर्नुभयो ।

छलफलमा एकोन त्रिवि विभागका संयोजक पौडेलले इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन र प्रवेश परीक्षाको उत्तीर्णदर वृद्धि गर्न सक्नेगरी आइओइबाटै पहल गर्न सुझव दिनुभयो ।

छलफलमा काठमाडौँ इन्जिनियरिङ कलेजका सञ्चालक एवं एकोनका पूर्वअध्यक्ष इन्जिनियर हिरेन्द्रमान प्रधान, सगरमाथा इन्जिनियरिङ कलेजका प्रमुख इन्जिनियर दक्षिणा श्रेष्ठ, कान्तिपुर इन्जिनियरिङ कलेजका प्रमुख डा केसर प्रसाईँ, ललितपुर इन्जिनियरिङ कलेजका निर्देशक ललन तिवारी, नेसनल कलेज अफ इन्जिनियरिङका प्रमुख कार्यकारी अधिकृत धनप्रसाद पौडेललगायतको सहभागिता थियो । रासस